नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरियाले नेपालबाट कामदार लिन बन्द, कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त
961 Views
काठमाडौँ, असार २१, खोज मिडिया । प्रमुख श्रम गन्तव्य मुलुक दक्षिण कोरिया कामदार लिन कोरोनाविरुद्धको खोपलाई मुख्य सर्त बनाएका छन् । कोरोना महामारी बढेपछि नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरियाले नेपालबाट कामदार लिन बन्द गरेका हो ।
कोरियामा कामदार पठाउने प्रक्रिया २०७६ फागुन २१ देखि नै स्थगित छ । कोरियाले नेपाललाई कोरोनाको अति संवेदनशील मुलुकको सूचीबाट हटाएको छैन । उसले सन् २०२० मा ६ हजार ७ सय जनासम्म लैजाने कोटा निर्धारण गरेको थियो । जसमा उत्पादन (उद्योग) तर्फ ४ हजार ७ सय र कृषि तथा पशुपालनातर्फ २ हजार छनोट गर्ने योजना थियो । पहिलो लकडाउनपछि नियमिततर्फ ५ हजार र प्रतिबद्धतर्फ एक हजार गरी ६ हजार जनाको कम्पनीसँगको सम्झौतापत्र आएको थियो ।
कोरिया जान नपाएका कामदारहरूको संघर्ष समितिका अध्यक्ष अजय सोडारीले सरकारको लापरबाहीले कोरिया रोजगारी अवरुद्ध भएको बताए । खोपको मात्रै प्रबन्ध गर्न सकेको भए कोरियासँग बलियो हिसाबले संवाद हुन्थ्यो । सरकारले न हामीलाई खोप दिन सक्यो न रोजगारी, उनले भने, हाम्रो भविष्यमाथि खेलवाड भयो । कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस