काठमाडौँ उपत्यकामा सवारी साधानमा लगाइएको जोर बिजोर प्रणाली हट्ने, परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति
275 Views
काठमाडौँ, २१ असार, खोज मिडिया । काठमाडौँ उपत्यकामा सवारी साधानमा लगाइएको जोर बिजोर प्रणाली हट्ने भएको छ ।
आइतबार बसेको काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक तथा नीजि सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली असार २२ गतेदेखि हटाउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए । अब उपत्यकाको जोर बिजोर प्रणाली हटाउने, सबै किसिमका परीक्षा २५ जना नबढ्ने गरी भौतिक रुपमा दिन पाइने, सवै किसिमका पसल ६ बजेसम्म खोल्न पाइने भएको छ ।
यद्यपि स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् । योसँगै अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् ।
यस्तै, उपत्यका आउँदा तथा जाँदा अनिवार्य रुपमाले स्थानीय तहको पास चाहिने भएको छ । जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस