नारा*यणघाट/मुग्लिन सडक-खण्डमा खसेको भयानक ढुंगो
1251 Views
मुग्लिन, खाेज मिडिया १८ असार । अविरल वर्षा*पछि प*हिरोसँगै ठुल्ठूलो ढुंगो सडकमा खसे*पछि दुई घण्टा सडक नै अव*रूद्ध भएको थियो । बिहीबार अप*रान्ह खसेको ढुंगो अहिलेसम्म ह*टाउन सकिएको छैन।
दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो ।
सडकको बीचमा ढुंगो रहेकोले सवा*रीसाधन सञ्चालनमा समस्या छ । एक्सा*भेटर लगाएर प*हिरो पन्छाउने काम भइरहेका छन् ।
ढुंगोको दायाँ-बायाँबाट सवारी साधन सञ्चालन गरिएको छ। प*हिरो खस्ने क्रम नरो*किएकोले ढुंगा फु*टाउन सकिएको छैन।
सडक डि*भिजन कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालका अनुसार ढुंगा फोर्ने तयारी छ। डोजर वा एक्साभेटरले धकलेर ढुंगा यताउता सार्न सक्ने अवस्था छैन।
यो ढुंगा खसेको ठाउँ नजिकै एउटा पसल थियो। त्यहाँका मानिस भने सुरक्षित छन्।
अविरल वर्षासँगै नारायणघाट-मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो तथा केराबारीमा प*हिरो खसेका थिए। ती प*हिरो हटाइसकिएको छ।





प्रतिक्रिया दिनुहोस