रौतहटमा विपक्षी गठबन्धनका विद्यार्थी संगठनले गरे प्रधानमन्त्रीको विरुद्धमा मोटरसाइकल प्रदर्शन ।
354 Views
रौतहट, १६ असार, खोज मिडिया । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा गरे आज मोटरसाइकल प्रदर्शन गरेका छन् ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले गौरमा नारा सहित मोटरसाइकल प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई तीव्रता दिएका छन् । सो कार्यक्रममा जनता समाजवादी पार्टीका विधार्धी संगठनको केन्द्रिय सदस्य ललन यादव, युवा नेता मो.सकिल अकतर लगायत विभिन्न राजनीति दलका कार्यकार्ता उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस