स्व.छाेरा सागरकाे स्मृतिमा *सागर मेमोरियल बाेर्डिङ स्कुल* स्थापना( घाचाेकका बेद कुमार श्रेष्ठ )
1103 Views
पाेखरा, खाेज मिडिया १५ असार । माछापुच्छ्रे गाउँपालिका वार्डनं:३ घाचेाक मा रहेकाे सागर मेमोरियल बाेर्डिङ् स्कुलका प्रिन्सिपल एवम बाेर्डिङ् स्कुलका संस्थापक, समाजसेवि बेद कुमार श्रेष्ठले कराेडाैकाे सम्पति ट्रसकाे नाममा दर्ता गरिदिएकाे छ ।
बेद कुमार श्रेष्ठ माछापुच्छ्रे गाउँपालिका घाचाेकमै जन्मिएका थिए । उनकाे जन्मा २०२० चैत काे २० गते भएकाे थियाे । उनकाे बिवाह २१ वर्षको उमेरमा सीता देवि श्रेष्ठसगँ २०४५ वैशाख महिनामा भएकाे थियाे । त्यसपछि उनकाे पत्नि सितादेविकाे काेखबाट पहिलाे शन्तान छाेरि जन्मेका थिए । दाेश्राे शन्तान छाेरा सागर जन्मेका थिए । छाेराकाे जन्म २०५० सालमा भएकाे थियाे । छाेरा सानैदेखि अनुशासित, पढाइमा अग्रसर, बाबू आमाकाे एक्लाे छाेराे बाबा आमाकाे बुढेसकालकाे शाहारा थिए ।
बेद कुमार श्रेष्ठ भने २१ वर्ष गाेर्खाली लाहुरेकाे जागिर खाई रिटायर भएका छन् यति बेला,तर श्रेष्ठकाे सपनाकाे संसार मुटुकाे टुक्रा सागरले भने २०६७ सालमा नै बाबू आमाकाे काख त्या*गेर भगवानकाे प्याराे बनेका थिए । यसै वियाेगमा श्रेष्ठ र उनकि पत्नि सितादेवि भने यतिबेला तिनै छाेराकाे यादमा भा*वुक हुनु बाहेक अरु विकल्प भने रहेनन् । २१ वर्षा कस्मिरकाे ल*डा*ईमा तातो गाेलिसँग आफ्नाे प्राण जाेखिममा पारेर तिनै शन्तान(छाेरा),छाेरिकाे लागि भनी कमाईएकाे कराेडाैकाे सम्पति काे जगेर्ना गर्ने अहिले काेहि छैनन् । उनकाे छाेराकाे मृ*त्यु पश्चात् छाेरिले पनि बाबू आमाकाे साथ त्यागेर गईन् । त्यसपश्चात यी दाम्पति जाेडि शन्तान विहिन बनेका छन् ।
श्रीमती सितादेवीकाे भने बेलैमा पाठेघरकाे समस्या भई पछिल्लाे शन्तान जन्माउन भने सक्षम बनेनन् । त्यसपछि यी जाेडिकाे मिलेमताेमा कान्छी श्रीमती सृजना श्रेष्ठसगँ दाेर्साे लगन गाँठो पारेका थिए । कान्छी श्रीमतीसँग शन्तानकाे आशमा लगन गाठाे पारेका श्रेष्ठकाे भने बेलैमा बन्ध्याकरण गरेका थिए । शन्तानले एक-एक गर्दै मुटुमा छुरा राेपेर छाडेपछि उन्ले अर्काे शन्तान बनाउने साेचमा बन्ध्याकरण पुन सुचारुमा ल्याउन चाहे तर भाग्यबस उहाँबाट शन्तान हुन सकेनन् ।
त्यस्पछि भने उनकाे जति पनि सम्पति छन् सबै ट्रसकाे नाममा दर्ता गरेका छन् । उनले आफ्नी जेठिकान्छी श्रीमतिकाे राजिखुसिका साथ स्व.छाेरा सागरकाे नाममा विद्यालय खाेलेका छन् । विद्यालयकाे नाम सागर मेमाेरियल बाेर्डिङ स्कुल शिशु कक्षा देखि कक्षा ८ सम्मा संचालन गरिरहेका छन् । छाेराकाे स्मृ*तिमा बनाएका ती विद्यालय अब सबै ट्रसलाई जिम्मा दिएर आफू खुसिका जीवन बिताउन चाहान्छन् ।
श्रेष्ठ भन्छन् ! अब मसगँ भएकाे ३०/३५ कराेडकाे सम्पति सबै ट्रसलाई जिम्मा दिएर दर्ता पनि भईसके भावि दिनमा यस विध्यालयले कक्षा १२ सम्मा विना शुल्का शिक्षा हासिल गराउने सपना पूरा गर्न चाहान्छु । सबैले ट्रसकाे लागि सहि तरिकाले कार्य सञ्चालन गरून् भन्ने उनकाे भनाइ रहेकाे छ । अहिले ट्र्सकाे अध्यक्ष कुमार श्रेष्ठलाई जिम्मा दिएका छन् । ती विद्यालय स्व.छाेरा सागर काे याद भुलाउनकाे लागि ५०० जना विद्यार्थीहरुलाई आफ्नै शन्तान सम्झेर याद भुलाई रहेका छन् ।
प्रतिक्रिया दिनुहोस