(बाेएर बाेका/ बाख्रा)बाट वार्षिक पचास लाख आम्दानी
828 Views
म्याग्दी! खाेज मिडिया असार १५ । बेनी नगरपालिका-३ भकिम्लीका धनबहादुर श्रीषको बाख्रा फार्ममा साढे तीन लाख मूल्य पर्ने (बोएर बोका) छन् । दुईवटा गोठमा खैरो र सेतो रङ मिसिएको बोका/ बाख्रा र पाठा-पाठीको बजार मूल्य एक करोडभन्दा बढी छ ।
श्रीषको पशुपालन तथा बहु*द्देश्यीय कृषि फा*र्ममा शतप्र*तिशत शु*द्ध बोएर बाख्रा मात्रै छन् । एक दश*कअघि खाडीबाट फ*र्किंदा श्रीष रित्तै थिए ।
उनले अन्त*र्राष्ट्रिय ढुवा*नीमा काम गर्दा समेत प्रश*स्त कमाइ गर्न सकेनन् । श्रीषले जग्गा धि*तो राखेर २०६८ सालमा एउटा (बोएर बाख्रा) खरिद गरे । (बोएर बाेका)काे विश*षेता नै हो छिटो-छिटो बढ्नु र हुर्कनु हो! महँ*गो भए पनि हुर्काउन र कमाउन सजिलो छ। श्रीषले भने!
नेपाल व्यावसायिक बाख्रा-पालक महासंघको के*न्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीषले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई तालिम सहित आवश्यक सहयोग गर्ने गरेका छन् ।
एक वर्षमा सयभन्दा बढी बोएर पुर्*याउने र आधा दशकभित्र वार्षिक करो*ड आम्दा*नीनजिक पुग्ने गरी कडा मेहनत गरिरहेका श्रीषको फार्ममा नेपालका विभिन्न स्थानबाट अवलो*कनका लागि संघ/संस्था र किसानहरू आउने गरेका छन् ।
उनले माग अनुसार पूरा गर्न नसकेको जानकारी दिँदै बोएर पालनमा इच्छु*कलाई आवश्यक प्राविधिक सहयोग दिन समेत संस्थामा आवद्ध भएको बताए । सामान्य खोर बनाएर बाख्रा*पालनमा सुरू गरेका श्रीषको सोच अनुसार लगानी जु*ट्न सकेन ।
स्थानीय जातका बाख्रामा क्र*स गर्दै बोएर बाख्राको स्रोत केन्द्रसम्म आइपुगेका श्रीष अहिले बाख्रापालनबाट करो*डपति भएका छन् । डेढ लाखभन्दा तलको एउटा पनि बोएर छैन। अब बल्ल कमाइ हुन थालेको छ। श्रीषले भने!
उनले गत वर्ष ३५ लाखको बोएर बिक्री गरेकोमा यस वर्ष करिब ५० लाखको बेच्ने लक्ष्य रहेको बताए ! बोएर बाख्राका लागि उनले करिब ६० रोपनी जमिनमा घाँस खेती गरेका छन् बाख्रापालन गर्न चाहने किसानलाई नि*शुल्क तालिम दिने गरेका छन् ।
श्रीषले अफ्रिकन जातको बाख्रापालन मोडल प्रयोग गरिरहेका छन् । जन्मदर बढी हुने/ छिटो तौल बढ्ने/ बाली लाग्ने/ कम रो*ग लाग्ने/ दूध*मासु दुवैका लागि प्रयोग हुने/ आकर्षक र कसिलो शरीर हुनेलगायत विशे*षताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उनको अनुभव छ।
बाख्रापालनकाे हक*हितका लागि स्थापना भएको संस्थामा समेत आ*वद्ध भएपछि उनको व्यावसायिक विस्तार देशैभर फैलिएको छ । हाल श्रीषको फार्ममा डे*ढ लाख देखि साढे तीन लाखसम्मको ३० माउ/ एक बोका र १९ पाठापाठी छन् । उनले अवलोकन भ्रम*णमा आउनेलाई समेत स*हज हुने गरी गोठ विस्तार गरेका छन्।
प्रतिक्रिया दिनुहोस