असार १५ गते देखि उपत्यकामा २५ सिट माथिका बसहरु चल्न दिने निर्णयसहित
573 Views
रोमन लामा
रामेछाप १४ असार खोज मिडिया। दोस्रो भेरियन्टको को*रोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै को*रोना भाइरस स*ङ्क्रमण दर बढ्दै गएपछि बन्द गरेको यातायात क्षेत्र काठमाडौं उपत्यकामा अब भोलि १५ गते देखि सं*चालन हुने भएको छ। नि*षेधाज्ञा खु*कुलो पार्दै भोलि देखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने नि*र्णय भएको छ ।
सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो नि*र्णय गरेको हो । बसहरूमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्नुपर्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएर जोर बिजोर प्रणालीका आ*धारमा सार्वजनिक बस चल्न दिने नि*र्णय भएको छ।
प्रतिक्रिया दिनुहोस