पोखराबेँशी टोल बिकास संस्थाको अध्यक्षमा हरि लम्साल
906 Views
पोखरा,खाेज मिडिया १३ असार । पोखरा महानगरपालिका, वडा नं १८, पोखराबेँशी टोल बिकास संस्थाको वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशन सामाजिक दुरी कायम राखी शनिबार टोल स्थित चर्चको सभाहलमा सुसम्पन्न भयो ।
खुल्ला र बन्द सत्र गरी दुई सत्रमा भएको कार्यक्रमको पहिलो खुल्ला सत्र संस्थाका अध्यक्ष हरि लम्सालको अध्यक्षतामा र सचिव त्रिलोचन दाहालको संचालनमा भएको थियो । जसमा प्रमुख अतिथि गण्डकी प्राबिधिक बिधालयका प्रमुख निर्देशक लक्ष्मण तिमिल्सिना रहनु भएको थियो ।
प्रमुख अतिथि लक्ष्मण तिमिल्सिनाले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्दै अाफू यो टोलवासी नभएता पनि वडावासी भएको नाताले पनि अाफ्नो वडाभित्रको यस पोखराबेँशी टोलको बिकासमा आफ्नोे कुनै पनि कसुर बाँकी नराखी पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
केही नामहरु उच्चारण गर्दै यो टोल हस्तीहरु बसोबास गर्ने टोलको रुपमा बिकास भएकोमा खुसी पनि ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पोखराबेँशी युवा क्लबका अध्यक्ष सन्जु सुनार, गीतकार सुमन श्रापित, नेपाल शिक्षक संगठन, पोखरा महानगरपालिका अध्यक्ष विष्णुहरि त्रिपाठी, समाजसेवी मेरी गुरुङ, हास्यकलाकार गोकुल बि.सी.लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
सोही समारोहमा संस्थाका सचिव त्रिलोचन दाहालले संस्थाको कार्यप्रतिवेदन र कोषाध्यक्ष पबित्रा भन्डारीले अार्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष हरि लम्सालले अाफ्नो कार्यकालमा साथ सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
टोलको बिकासका निम्ति गर्नु पर्ने अति आवश्यक पूर्वाधारहरु बाटो, बिजुली, पानी, ढल निकास, बहुउध्यशीय भवन, पुस्तकालय अादिको लागि के के र कहाँ कहाँ कस्तो पहलकदमी भइरहेको छ भन्ने बारे स्पष्ट पार्दै संस्थाको कार्यसमिति विघटनको घोषणासङ्गै कार्यक्रम समापन भएको थियो ।
बन्द सत्रको चुनावी प्रक्रियाका लागि नेपाल शिक्षक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष एवम् टोलवासी बौद्धिक व्यक्तित्व विष्णुहरि त्रिपाठीको संयोजनमा गीतकार सुमन श्रापित र मेरी गुरुङ सदस्य रहने गरि निर्वाचन मण्डल तयार गरिएको थियो ।
सोही निर्वाचन मण्डलले सर्वसम्मत रुपले हरि लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष त्रिलोचन दाहाल, सचिव हरि ढुङ्गाना, सहसचिव पबित्रा भन्डारी, कोषाध्यक्ष भरत सुनार र सदस्यहरुमा सरिता सापकोटा, माया बि.क, पदम बहादुर पुन, बबिता मल्ल, ईश्वरी पौडेल, गोकुल बि.सी, भगवती कुवँर रहनु भएको छ ।
त्यसैगरि आमन्त्रित सदस्यमा पोखराबेँशी युवा क्लबका अध्यक्ष सन्जु सुनार र पोखराबेँशी आमा समूहकी अध्यक्ष जानकी खड्कालाई चयन गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिले निर्वाचन मण्डलका संयोजक विष्णुहरि त्रिपाठीबाट सपथ ग्रहण गरेपछि नवनिर्वाचित अध्यक्ष हरि लम्सालले भावी कार्ययोजना पेश गर्दै प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिको तत्कालै पहिलो बैठक बसेको थियो । टोलमा बसोबास गर्ने लब्धप्रतिष्ठित व्यक्तित्व र टोलको विकासमा उल्लेखनीय योगदान पुर्याउन समुचित सल्लाह सुझाव दिने योग्यका आधारमा अरु आवश्यकता अनुसार थप गर्ने गरि हाललाई संस्थाका निवर्तमान उपाध्यक्ष लाल बहादुर खत्री, शिक्षासेवी विष्णुहरि त्रिपाठी, गीतकार सुमन श्रापित, बौद्धिक व्यक्तित्व भानुभक्त पोखरेल, बिक्रम पौडेल, मेरी गुरुङलाई संस्थाको सल्लाहकारमा चयन गरेको संस्थाका उपाध्यक्ष त्रिलोचन दाहाल बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस