१४ वर्षकी एलिशा थापा ब्लड क्यान्सर सहयाेगकाे अपिल
1046 Views
काठमाडौं, खाेज मिडिया १३ असार । अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती । रक्तक्यान्सरबाट पी*डित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन् । पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोक*प्यास सबै हराएको छ।
केबल उनीहरूको कामना*प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ। रामेछापको दोरम्बाकी १४ वर्षिय एलिसा थापा मगरका मातापिता निकै ठूलो तनाव*मा छन्।
कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा । उनलाई ब्ल*ड क्या*न्सर भएपछि उप*चारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।
ट्याक्सी चलाउने कृष्णबहादुरमाथि परेको विपत्ति कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन्। छोरीका लागि आमाबुवा पनि संघर्ष गरिरहेका छन्। कृष्णबहादुर ट्याक्सी चलाएरै भए पनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा छन् । तर! एका-एक उनीहरूमाथि नसोचेको तना*व आइपरेको छ अहिले । सामान्य आर्थिक है*सियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमा आफूसँग भएको सम्पूर्ण रकम ख*र्च गरिसकेका छन्।
दिउँसो प्र*हरी कार्यालयमा कार्यालय सहयोगीको काम गर्ने कृष्णबहादुर रातको समयमा भा*डाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्था दिन्दिनै ज*टिल बन्दै गएको छ। कान्ति बाल अस्पताल बाहिर श्रीमान् श्रीमती निकै तनावपूर्ण अवस्थामा छन् । तनाव हुन्छ! चिन्ता हुन्छ नि!एक मात्रै सन्तान!पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ! छोरीलाई रोगले सतायो! उनी अहिले अस्पतालको बेडमा पुगिन्! यति भनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे !
त्यसपछि ज्वरो आउने! टाउको दुख्ने हुँदै गयो । एलिशाको शरीर कम*जोर र छाला सेतो हुँदै गयो ! उनी दुब्लाउँदै गइन्!कृष्णबहादुरले एलिशालाई उपचारका लागि कान्ति बाल अस्पताल लगे ।
अ*स्पताल लगेपछि डाक्टरहरूले रगतमा इन्फेक्सन भएको हुन सक्ने आ*शंका गरेर रगत जाँच गर्न लगाए। एलिशाको रिर्पोट लिन कृष्णबहादुर एक हप्तापछि अस्पताल गए। एलिशाको घाँटीको घा*उँ निको भएन। झन पाक्दै गएको थियो। त्यसैले एलिशाको रगत परीक्षणका लागि भारत पठाउन डाक्टरले सुझाव दिए । २८ हजार ८ सय रुपैयाँ खर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो। एलिशाको रगतको रिपोर्ट ११ दिनमा आयो एलिशालाई ब्ल*ड क्या*न्स*र भएको थाहा भयो।
एलिशालाई ए लेबलको ब्ल*ड क्यासर भएको रहेछ। यो खबरले उनका अभिभावकलाई अस*ह्य पी*डा दियो। एलिशाको उमेर कम भएकाले समयमै उपचार पाएमा निको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वना मिल्यो। यसअघि पनि कान्ति बाल अस्पतालबाट केही बालबालिकाहरू क्या*न्सर निको भएर घर फर्किएको केश पनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए । एलिशाको उपचार खर्च १० लाख रुपैयाँ पुग्ने कृष्णबहादुरले बताएका छन्। अहिलेसम्म ३ लाख ५० रुपैयाँ खर्च भइसकेको छ। जसमा सरकारका तर्फबाट प्राप्त १ लाख रुपैयाँ बराबरको औ*षधि पनि सामेल छ। *मामासँग एक लाख रुपैयाँ ऋ*ण लिएर छोरीको उपचारमा खर्च गरेको छु!अरु पैसा जुटाउने कोसिसमा छु!*कृष्णबहादुरले भने।
एलिशालाई कृष्णबहादुरले भक्तपुरस्थित साँगा बोर्डिङ स्कुलमा होस्टल राखेर पढाउँदै आएका छन्। उनी कक्षा ९ मा अध्ययन गर्छिन्। कृष्णबहादुर र दीपा वसन्तपुरमा भा*डामा बस्छन्। कृष्णबहादुर न्यूरोड! विशालबजारस्थित प्र*हरी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छन्। उनले त्यहाँबाट एक लाख २० हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन्। प्रह*री कार्यालयमा कार्यरत कृष्णबहादुरलाई काठमाडौं! ललितपुर र भक्तपुरका प्रह*री कार्यालयहरूबाट पनि आर्थिक सहयोग उठाएर दिने बताइएको छ।
एलिशाको एक पटक किमो गरिएको छ। अढाई महिनामा उनलाई सेतो रगत ७ पाउण्ड र रातो रगत ९ पाउण्ड चढाइसकिएको छ। कान्ति बाल अस्पतालको आइसियूको बे*ड नम्बार ३०५ मा एशिला उपचाररत छिन्। उनको उपचारका लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्ब१०९०१००००००४२१०४ मा पैसा जम्मा गरेर सहयोग गर्न सकिन्छ । कृष्णबहादुर थापा मगरको फोन नम्बर ९८४३११८००१ हो।
प्रतिक्रिया दिनुहोस