तिब्बतकाे राजधानी ल्हासादेखि निङ्ची शहर सम्म पहिलाे पटक रेलसेवा
497 Views
खाेज मिडिया ११ असार । चाइना नेशनल रेलवे कर्पो*रेसनका अनुसार फु*क्सिङ बुलेट ट्रे*नको शुक्रबार उ*द्घाटन गरिएको छ । चीनको स्वशा*सित क्षे*त्र तिब्बतको राजधानी ल्हासादेखि निङ्ची सहरसम्म पहिलो पटक रे*ल सेवा सुरू भएको छ।
उक्त रेल प्रतिघन्टा १६० किलोमिटरका गतिमा कुद्नेछ। रेलमार्गमा ४७ ठाउँमा टनेल बनाइएको छ , भने १२१ वटा पुलहरू निर्माण गरिएका छन्।
ल्हासा/निङ्चीको ४३५ किलोमिटर दू*री पार गर्न रेललाई ३ घन्टा २९ मिनेट लाग्ने ग्लो*ब*ल टाइम्सले जनाएको छ।
रेल*मार्गको ९० प्रति*शत भाग स*मुद्री सतहदेखि ३ हजार मिटरको उचाइमा रहेको छ। यो रे*लमार्ग बनाउने काम सन् २०१४ मा सुरू भएको थियो ।
४.८ अर्ब डलर लगानीमा सन् २०२० को अन्त्यमा निर्माण सकिएको रे*लमार्गमा केही दिनअघि प*रीक्षण गरिएको थियो। चीनमा जुलाई १ मा चिनियाँ कम्यु*निष्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव मनाइँदैछ।
त्यसको एक साताअघि स्व*शासित क्षे*त्र तिब्बतमा विद्यु*तीय रेलको उद्घा*टन गरिएको हो।
निङ्ची सहर भारतको अरूणाञ्चल प्रदेशदेखि नजिकै रहेको छ। अरूणाञ्चलबारे भारत र चीनबीच वि*वादमा छन् ।
प्रतिक्रिया दिनुहोस