सिरहाको नवराजपुरमा पुलिस थाना अगाडी किराना पसलमा चोरी
782 Views
शम्भु चौधरी सिरहा १० असार । सिरहा जिल्लाको नवराजपुर गाँउपालिका वडा न. ४ मा थानाको अगाडीमा किराना पसलमा चोरी भएको खवर प्राप्त भएको छ ।
मुकेश यादवको किराना पसलमा मध्य रातीमा ताला फोरेर ५० हजारको समान प्रिन्टर मेसिन ,नॉमिनेशन मेसिन र खानेकुराहरु चोरी भएको छ । गाउँपालिकाको पुलिस प्रशासन माथि प्रश्न बार बार उठिरहेको छ। थानाको अगाडीमा किराना पसलमा चोरी कसरी भयो? यो भनेको त थानामा नै चोरी भएको छ । के गर्दछन ।
गाउँपालिकाको पुलिस प्रशासनहरु यस्ता खालको चोरी हरुबाट आम जनताको विश्वास पुलिस माथि उठिरहेको छ ।जनतालाई सुरक्षा दिनु हाम्रो पुलिस प्रशासनले असक्षम भएको छ । आम जनताको गुनासो रहेको छ।
समयमा नै स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउन चाहन्छु। यस्ता खालको अपराधीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुस र जनतालाई सुरक्षा दिन अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस