वन लसुन टिप्न जाँदा ल*डेका सुरेन्द्रको श*व पाँच दिनदेखि अल*पत्र
1253 Views
बार्पाक,खाेज मिडिया १० असार । बाबु र भाइसँगै वन लसुन टिप्न डेढदिन हिँडेर रूवीनाला कटेर अजिरकोट/बारपाक*सुलिकोट र सिर्दिवासको सीमानास्थित लेक पुगेका गुरूङ चि*प्लेर ल*डेपछि बेप*त्ता थिए । बाबु र भाइले केहीबेर खोजे तर उनलाई भेटेनन्। यो घ*टना गत शनिबार अप*रान्ह ३ बजेतिरको हो।
भि*रबाट ल*डेका सुरेन्द्र न*भेटिएपछि बाबु र भाइले गाउँमा फोन गरेर गुहार मागे छोरा भि*रबाट ल*ड्यो* हेलिकप्टर बोलाइदेऊ भनेर, त्यसदिन पानी परिरहेको र ढिला खबर आएकोले हेलिकप्टर जान सकेन ।
भोलिपल्ट सोमबार काठमाडौंबाट घ*टनास्थलमा हेलिकप्टर पठाइएको थियो। पानी परिरहेको र कुहिरो लागेकोले हेलिकप्टर घ*टनास्थल नजिक ल्याण्ड गर्न सकेन। बाबु र भाइले खोजिरहे तर उनलाई भेटेनन्।
(उद्धार गर्न त्यसदिन सिम्रिक एअरको हेलिकप्टर पठाइएको थियो ।) काठमाडौंबाट हेलिकप्टर पठाउन सहजीकरण गरेका सिर्दिवासका वीरबल घलेले भने! *त्यसदिन खो*जी र उ*द्धार गर्न सकिएन। दुई लाख ४० हजार हेलिकप्टरकाे भाडा त्यसै खेर गयो।*
उनीहरू गरिब परिवारका हुन् । अलिकति घरख*र्च होला भनेर वन लसुन टिप्न गएका थिए। घरखेत बे*चेर पनि छोराको श*व घर ल्याउँछु भनेर बाबुले हेलिकप्टर बोलाएका हुन् । उनले भने! पहिलो दिनको खर्च परिवारले नै ऋ*णधन गरेर जुटाएको हो। यसबीचमा लाप्राकबाट ११ जना युवालाई सुरेन्द्रको खोजी गर्न पठाइएको थियो।
(हिमाल चढ्ने काम गरिरहेका ११ जना शेर्पालाई नै सुरेन्द्रको खोजी गर्न पठाइएको थियो। ल*डेको ठाउँबाट निकै तल कोप्चेरोमा सुरेन्द्रको श*व फेला पर्यो। ) उनले भने।
श*व फेला परेको खबरपछि बुधबार फेरि हेलिकप्टर मगाइयो तर हेलिकप्टर पठाउने पैसा भएन। हामीले चुमनुब्री समाजबाट चन्दा उठाएर एअर डाइनेष्टीको हेलिकप्टर पठायौं। उनले भने! युवाहरूले श*व पहरा-खोंचबाट निकालेर केही माथिसम्म लगेका छन्।
मौसम सफा हुन्छ र हेलिकप्टर अवतरण गर्न सकिन्छ भन्ने अनुमान थियो, तर हेलिकप्टर अवतरण नै हुन सकेन। उनकाअनुसार श*व भएको ठाउँमा हेलिकप्टर बुधबार पनि अवतरण हुन सकेन।
श*व ल्याउन त सकिएन तर बाबु र कान्छा छोरालाई सिर्दिवास ल्याइयो। उनले भने! श*व उतै अ*ल*पत्र छ।
श*व खोज्न गएका लाप्राकका युवा गाउँ फर्कंदैछन्। सुरेन्द्रको खोजी र उ*द्धारका लागि पुगेका युवाहरू उतै बस्न सकेनन्। बस्न ओडार पनि छैन। भोक*भोकै परे। लगेका खानेकुरा पनि पकाएर खान पाएन छन्। भि*रमा बोकेर हिँड्न गा*ह्रो भएपछि भाँडा*कुँडा पनि त्यतै फालेर फर्किएका छन् रे !विरबलले भने।
श*व ल्याउन नसके पनि बुधबार हेलिकप्टरलाई थप दुई लाखभन्दा बढी भाडा तिर्नुपर्यो। अब हेलिकप्टर पठाउन पैसा पनि नभएको उनी बताउँछन्। हामीले चन्दा उठाएर हेलिकप्टर पठाएका थियौं तर श*व ल्याउन सकिएन! घलेले भने! फेरि हेलिकप्टर पठाउन पैसा छैन। पहिले हेलिकप्टर पठाएकाे पैसा तिर्न बाँकी छ। शव बोकेर सिर्दिवास ल्याउन तीन दिन लाग्छ।
हिमाल चढ्ने शेर्पाहरूले त शव बोकेर ल्याउन सकेनन् भने गाउँलेहरूले झन् भि*रैभि*रको बाटो कसरी ल्याउने ?रविले भने! (अब परिवारका सदस्य र गाउँलेहरू गएर उतै अन्तिम संस्कार गरेर आउने कि भन्ने कुरा भइरहेको छ।)
सिर्दिवासमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा गत सातादेखि समस्या देखिएको छ अझै मर्मत भइसकेको छैन।
*कहिलेकाहीँ मात्र गाउँपालिका भवनमा इन्टरनेट चल्छ त्यही बेला गाउँको खबर सोध्ने हो । रविले भने! अ*न्तिम सं*स्कार गर्न अब गाउँलेहरू जालान्।*
श*व भएको ठाउँमा पुग्न सिर्दिवासबाट डेढ दिन लाग्ने उनले बताए । बिहानै हिँड्यो भने एउटा ओडारमा बास बस्न पुगिन्छ अनि अर्कोदिन बिहान श*व भएको ठाउँमा पुगिन्छ । घलेले भने। वन लसुनको बजार चीन हो। अहिले नाका वन्द छ। भारतीय बजार हुँदै चीनमा वन लसुन बि*क्री गरिँदै आइएको छ।
(नाका वन्द भएका बेला पनि गाउँलेहरू वन लसुन टिप्न गएछन् सायद घर*खर्च होला भनेर हुनुपर्छ ।रवि घलेले भने।
प्रतिक्रिया दिनुहोस