मन्त्रीबाट पदमुक्त राजेन्द्र महतोको नागरिकता छानविन गर्न अख्तियारमा उजुरी
538 Views
काठमाडौं, ९ असार, खोज मिडिया । सर्वोच्च अदालतको आदेशबमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुर हालेका हुन् । उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध पनि भए । अहिले पनि भइरहेको छ । त्यसो त सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो । त्यसको भोलिपल्ट आज (मंगलबार) दिउँसो सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गरेको छ । जसमा उनी पनि परेका छन् ।
संविधानत कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीले मन्त्रीमण्डल पटक पटक पुनर्गठन गर्न मिल्दैन तर, प्रधानमन्त्रीले संविधानविपरीत कदम चालेछि त्यसविरुद्ध अदालतमा रिट परेको थियो । अदालतमा परेको रिटबमोजिम २० जना मन्त्रीहरु मंगलबार पदमुक्त भएका छन् । यसरी अदालतको आदेशबमोजिम पदमुक्त भएलगत्तै महतोमाथि नागरिकता छानविन गर्न अख्तियार उजुरी परेको छ ।
प्रतिक्रिया दिनुहोस