आज निर्जला एकादशीका दिनमै घर-घरमा तुलसी काे दल राख्नुकाे कारण/ फाईदा
976 Views
पाेखरा, खाेज मिडिया ७ असार । वैदिक सना*तन धर्मा*वलम्बीले आज आ/आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकाद*शीमा रोपि*एको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकाद*शीका दिन रोपिन्छ।
आषाढ शुक्ल एका*दशीदेखि कार्तिक शु*क्ल एकाद*शीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ ।
यो चार महीनालाई चतुर्मास भनिन्छ। स्नान/ पूजन र दा*न गर्नाले मनोकाङ्क्षा पूरा हुने धा*र्मिक विश्वास छ। आज पानीसमेत नपिई व्रत गर्नाले अ*भीष्ट फल पाइने शा*स्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए।
आयुर्वेदिक रुपमा पनि लाभकारी औ*षधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।
नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्र*ति*रोधी क्षे*मता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन्। तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ
प्रतिक्रिया दिनुहोस