सं*क्रमित घट्दै गए पनि जो*खिम कायमै रहेकोले नि*षेधाज्ञा एक साता बढाउने तयारी, काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठक बस्दै
358 Views
काठमाडौं, ६ असार, खोज मिडिया । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सीडीयोको आज बैठक बस्दैछ ।
ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाका अनुसार अपरान्ह ४ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको बैठक बस्न लागेको छ । बैठकमा छलफल गरेपछि नि*षेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने उनले बताए । हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ । निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् ।
जोर–बिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन । को*रोना सं*क्रमित घ*ट्दै गए पनि जो*खिम भने कायमै रहेकोले नि*षेधाज्ञा एक साता बढाउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस