सिन्धुपाल्चोकका बा*ढी पी*डितलाई एनआरएनए क्यानाडाको ५ लाख सहयोग काे निर्णय
435 Views
क्यानाडा, खाेज मिडिया ५ असार । गैरआवासीय नेपाली संघ (एन*आर*एनए) क्यानाडाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रलगायतका पीडितका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
संघका अध्यक्ष चिरन्जिबी घिमिरेको अध्यक्षतामा भएको भर्चुअल बैठकमा सहयोग उपलब्ध गराउने भएको हो ।
क्यानडामा रहेका संघसंस्थालगायत सिङ्गो नेपाली समुदायलाई सहयोगका लागि एनआरएनए क्यानाडाले खुलेर सहयोग गर्न अपिल गेरको छ।
संघले यस अघि जेठ २४ गते सोमबार नेपालमा को*भिड:१९ महा*मारी*सँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्न संघ सस्थासँग सहकार्य गरी ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस