तनहुँ जिल्लाकाे दमौली अस्पताल सर्वोत्कृष्ट श्रेणीमा
413 Views
तनहुँ, खाेज मिडिया ४ असार । दमौली अस्पताल गण्डकी प्रदेशका जिल्ला अस्पतालमध्ये सर्वो*त्कृष्ट बन्न सफल भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मूल्या*ङ्कनमा सो अस्पताल यस वर्ष प्र*थम भएको हो ।
मन्त्रालयले सुशासन तथा व्यवस्थापन: उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग से*वाका आ*धार लगायत विभिन्न मा*पदण्डका आधारमा मूल्या*ङ्कन गर्ने गर्दछ । गतवर्ष सो अस्पतालले दोस्रो स्थान प्राप्त गरेको थियो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले अस्पतालको विभिन्न मापदण्डका मूल्याङ्कनमा ६१ प्रतिशत अङ्क हासिल गरी प्रथम हुन सफल भएको जानकारी दिए। (को*भिडका कारण अस्प*तालका नियमित सेवाहरु अव*रुद्ध हुँदा प्रतिशत घटेको हो! अस्पतालको मात्र नभइ सबै जिल्ला अस्पतालका अ*ङ्क घ*टेका छन्।) उनले भने।
को*भिड स*ङ्क्र*मितको उपचारका लागि अस्पतालमा प्रसू*ति सेवा स्थगित गरिएको छ । बहिरङ्ग कक्षलाई पनि को*रोना कक्ष बनाइएको छ । अस्पतालले जिल्लामै पहिलो पटक थाइराइड सेवा शुरु*आत गरिसकेको छ । अस्पतालले भेन्टिलेटर सहितको सघ*न उपचार कक्ष सहित दाँत र आँखा सेवा पनि सञ्चालनमा ल्याएको छ ।
(ट्रमा सेन्टर बनाइने)
प्रदेश सरकारले अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरो*न्नति गर्ने जनाएको छ । प्रदेश सरकार*द्वारा हालै जारी नयाँ ब*जेटमा जिल्ला अस्पताललाई ट्रमाका रुपमा स्तरो*न्नति गर्ने उल्लेख छ । साथै अस्पताललाई ५० श्ययामा स्तरो*न्नति गर्ने तयारी गरिँदै छ । यसका लागि विसं २०६२ मा नै अनु*मति प्राप्त गरेको जनाइएको छ । विसं २०३४ स्वास्थ्यचौकी! वि सं २०५५ प्राथमिक स्वास्थ्य केन्द्र र वि सं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।
प्रतिक्रिया दिनुहोस