फोन मार्फत गाली गलौज गर्दै पत्रकार श्रेष्ठलाई कुट्ने धम्की
579 Views
रोमन लामा
रामेछाप ०१ असार खोज मिडिया। दोस्रो भेरियन्टको को*रोना भाइरस स*ङ्क्रमणको सु*रुवातसँगै को*रोना भाइरस स*ङ्क्रमण दर दिनानुदिन ब*ढ्दै गएपछि नेपाल सरकारले दोस्रो चरणमा ६२ वर्ष देखि ६४ वर्ष उमेर स*मुहकाे नागरिकहरुलाई जेठ २५,२६ र २७ गते काे*राेना वि*रुद्धको खाेप लगाउन भनिएकाेमा खाेप अन्य उमेर समुहले लगाएकाे हुँदा खाेपकाे दुरुपयोग भएकाेे भनी अन्नपर्ण टाईम्स अनलाइनमा यही जेठ २८ गते अनलाइनमा समाचार लेखिएकाेमा शिक्षक ख्यान बहादुर श्रेष्ठको फाेटाे प्रयाेग गरेर चरित्र हत्या गरेकाे भन्दै अन्नपूर्ण टाईम्सका सह-सम्पादक ज्ञानु श्रेष्ठलाई शिक्षक ख्यानबहादुर श्रेष्ठले साेमबार फाेन मार्फत पत्रकार श्रेष्ठलाई अश्लील तथा अपशब्द प्रयाेग गरी पिट्ने धम्की दिएकाे हुन्। यसरी आफूलाई अश्लील र अपशब्द प्रयाेग गरी गाली गलौज गरेपछि पत्रकार ज्ञानु श्रेष्ठले पत्रकार महासङघलाई ध्यानाकर्षण गराएकी थिइन् ।
रामेछाप नगरपालिका स्वास्थ्य शाखा र मन्थली स्वास्थ्य शाखाले ६२-६४ वर्ष उमेर समुहका नाममा स्वास्थ्यकर्मीका निकटतम आफन्तहरुलाई रामेछाप नगरपालिका वडा नं-६ मा रहेका शिक्षकहरुले कोभिड विरुद्धको भेरोसेल खोप लगाएको प्रमाण बाहिर आइसकेपछि अनियमितता प्रकरण बाहिरिएको हो।
त्यसैगरी को*रोना भाइरस विरुद्धको खाेप लगाइएकाे तस्वीर अनलाइन समाचारमा प्रकाशन गरेकाे विषयलाई लिएर पत्रकार महासङघ बागमती प्रदेशका सदस्य ज्ञानु श्रेष्ठलाई अपशब्द प्रयाेग गर्दै पिट्ने धम्की दिएकाेमा त्यस प्रति नेपाल पत्रकार महासङघ रामेछाप शाखाले ध्यानाकर्षण भएकाे भन्दै विरोध जनाएकाे छ ।
खोप अ*नियमितता र प्रहरीले पनि खोप प्रयोग गरेको सम्वन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले ६२-६४ उमेर समूहका जिल्लामा करिव २ हजार ६ सय मात्रै जेष्ठ नागरिक भएको र बाँकी रहेको खोप सु*रक्षाकर्मीहरुलाई र सञ्चारकर्मीहरुलाई क्रमशः दिने नि*र्णय जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताए । उनले आफुले अनियमितता भएको भन्ने सूचना पाएपछि प्राप्त खोपको विवरण खपत खोप र उमेर समूहका नागरिकहरूको सङ्ख्याको बारेमा आजै जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको बताए ।
प्रतिक्रिया दिनुहोस