पूर्वगृहमन्त्री रामबहादुर थापासँग माओवादी केन्द्र छा*डेर एमालेमा प्रवेश गरेका नेताहरूको अ*सन्तुष्टि
938 Views
काठमाडौं, १ असार । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले पूर्वगृहमन्त्री रामबहादुर थापासँग अ*सन्तुष्टि जनाएका छन् ।
थापाले आफ्नै पत्नी नैनकला थापालाई मन्त्री बनाएपछि पूर्वमाओवादी नेताहरूभित्र वि*वाद भएको हो । थापाले आफ्नी पत्नीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा नियुक्ति गराएपछि वि*वाद भएको छ । पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरूले रामबहादुर थापालाई नेता नमान्ने सहमति भएको स्रोतले जनाएको छ । थापाले आफ्नी पत्नीलाई मन्त्री बनाएपछि नेताहरूका बीच गडबढी भएको छ । पूर्वमाओवादी नेताहरूले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग ५ वटा मन्त्रालय माग गरेका थिए । तर, पूर्वमाओवादी नेता थापाले एउटा मन्त्रालय मात्रै मागेर आफ्नी पत्नीलाई मन्त्री बनाएको आरोप छ ।
थापाले पत्नीलाई मन्त्री बनाएर आफूहरूसँग घात गरेको अन्य नेताहरूको आरोप छ । पूर्वमाओवादी नेताहरूले अब थापालाई आफूहरूको समूहको नेता नमान्ने सहमति गरेका छन् । उनीहरूले अब नयाँ नेता बनाएर पार्टीभित्र उपस्थिति जनाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस