बाढी पहिराेका कारण पर्वत बाग्लुङ खण्ड अवरुद्ध
1023 Views
बागलुङ, खाेज मिडिया १ असार । लगातारको व*र्षाका कारण प*हिरो ख*स्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ ख*ण्ड गए रातिदेखि अ*वरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका/१ सहस्र*धारामा प*हिरो खस्दा रातिदेखि नै सडक अ*वरु*द्ध भएको हो । निर*न्तर पहि*रो झरि*रहेकाले तत्काल खुलाउन समस्या रहेको ट्रा*फिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । व*र्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उनले बताए ।
यसैगरी छिमेकी जिल्ला म्याग्दी र मुस्ताङ जोड्ने बेनी/मालढुङ्गा सडकसमेत अ*वरुद्ध भएको छ । जलजला गाउँपालिका/८ नाङ्लीवाङको फर्से/ वडा नं: ७ को केराबारी र वडा नं: ३ को लामाखेतमा प*हि*रो जाँदा सडक अव*रुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले जानकारी दिए । उनका अनुसार गए रातिदेखि नै सडक अव*रुद्ध भए पनि वर्षा निरन्तर जा*री रहेको र प*हिरो खस्ने क्रम नरोकिएकाले तत्काल खुलाउन सकिएको छैन ।
यसैगरी दक्षिण पर्वतको हुवास/वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अव*रुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जा*री वर्षा रोकिएको छैन ।वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ । अहिले डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए ।
सडक बन्द हुँदा बाग्लुङ/म्याग्दी र मुस्ताङबाट छुटेका माल*वाहक सवारी/ एम्बु*लेन्सलगायत खाद्यान्न र बि*रामी बोके*का स*वारी सा*धन अल*पत्र बनेका छन् भने अन्य*त्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अल*पत्र बनेका छन् ।
प्रतिक्रिया दिनुहोस