जनता समाजवादी पार्टीका महन्थ पक्षले थपिए १६ जना थपेर कार्यकारिणी समिति वि*स्तार
775 Views
काठमाडौँ । जनता समाजवादी पार्टीको महन्थ पक्षले कार्यकारिणी समिति विस्तार गरेको छ। कार्यकारिणी समितिमा अ*ल्पमतमा रहेको ठाकुर पक्षमा बहुमत पुर्याउन थप सदस्य मनोनित गरेका हुन्।
काठमाडौं बबरमहलस्थित पार्टी कार्यालयमा आइतबार सम्पन्न ठाकुर पक्षको बैठकले कार्यकारिणी समिति वि*स्तार गरेको हो । मनोनित नयाँ सदस्यहरूमा विमल श्रीवास्तव, उमाशंकर अरगरिया, डा.विजयकुमार सिंह, सुरेन्द्र झा, उपेन्द्र महतो, राजीव झा, परमेश्वर साह, सन्तवीर महतो, सुरेश मण्डल, रमेश पटेल, एकवाल मियाँ, विजय उपाध्याय, कृष्णा सिंह, शतरजित यादव, अभिराम शर्मा र मुकेश झा छन् ।
पछिल्लो समय उनले कार्यकारिणी समितिमा बहुमत पुर्याउन एकलौटी रुपमा सदस्य थपेका छन् । ५१ सदस्य रहेको समितिमा यादव पक्षतर्फ बहुमत भएपछि ठाकुरले एकलौटी १६ जना थप गरेका हुन् । वर्तमान कार्यकारिणी समितिमा महन्थ ठाकुर अल्पमतमा छन्। पूर्व राजपाको तर्फबाट २६ जना र पूर्व समाजवादी पार्टीबाट २५ जना थिए।
प्रतिक्रिया दिनुहोस