नवनियुक्त गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई १० सुझाब सहित आङकाजी शेर्पाले दिए शुभकामना
781 Views
पोखरा, जेठ ३०, खोज मिडिया । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली (पोखरेल) नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख सीता पौडेलले काँग्रेस संसदीय दलका नेता समेत रहेका पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन।
गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नियुक्ति भएपछी मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, आङकाजी शेर्पाले आफ्नो फेसबुकमा पोष्ट गर्दै दिए अनगिन्ती शुभकामना सहित बुदागत दश सुझाव।
यी १० वटा काम गर्नु !
फेरी पनि तमुवन मगरातको
मुख्यमन्त्री हुनु …….
कृष्णचन्द्र नेपाली पोखरेललाई
आङ काजीको शुभकामना …….
(१) कांग्रेस नेता बि पी को यो भनाईलाई तपाईको अफिसमा सबैले देख्ने स्थानमा ठूलो फ्रेममा सझाएर राख्नु “ राष्ट्र भनेको कुनै भू-भाग, ढुङ्गा, माटो र नदीनाला सांध सीम होईन ! राष्ट्र भनेको त्यहां बसोबास गर्ने जाती समुदय र उनिहरूको भाषा, धर्म, संस्कृति र सभ्यता हो “ !
(२) १ औले पृथ्वीनारायण शाह जस्तो एकल नश्लिय चिन्तनबाट मुक्त हुनु ! वहुराष्ट्रियता प्रतिविम्वित हुने ५ औले मुख्यमन्त्री हुनु !
(३) आदिवासी तमु र मगरको ऐतिहासिक भुमीको नामकरण नदीको नामबाट ‘गण्डकी’ राख्ने महेन्द्र शाहाका नव अवतार तमुवनका दुर्बल पुत्र पृथे मुखिया भन्दा धेरै शहासिक हुनु !
(४) मुख्यमन्त्री कार्यालयको साईनबोर्डमा तमुवन लिपी र मगरात लिपी राख्नु । यसो गर्दा तिम्रो भोट अवश्य दोब्बर बढनेछ । भोट घटछ कि भन्ने चिन्ता फिटिकै नलिनु !
(५) बहुसंख्यक जाती समुदया खस, तमु र मगर भाषी भएकोले प्रदेश सरकारका सबै सूचनाहरू जानकारीहरू तमु मगर र खस आदी वहुभाषामा प्रकाशित गर्नु ।
(६) तमुवान मगरातका राष्ट्रिय चाडपर्वहरू ल्होसार, माघे सकराटी आदीमा कम्तिमा ३ दिन सार्वजानिक विदा दिनु । ल्होसार, माघे सकराटीमा सेना प्रहरीहरूद्वारा तोप, बन्दुक पडकाएर हर्ष बढाई गराउने र सांझा दिपवाली गर्नु !
(७) आदिवासीको पहिचान समाप्त पार्न र्निदलिय पन्चायतका शासक आंखा ढेडे महेन्द्रले हिन्दुकरण गरिएका गाऊं ठाउं, पाखा पखेरू, नदीनाला, डांडाका नामहरू आदिवासीको भाषाबाट पुन नामकरण गर्नु !
(८) सङ्घीयतालाई थप मजबुत बनाउन प्रदेश सरकारको स्वशासन अधिकारलाई निर्ममता पूर्वक प्रयोग गर्दै प्रदेश सरकारले दिएको आदेश अवज्ञा गर्ने सिडिओ, जिल्लाका प्रमुखहरू, प्रहरी र नेपाली सेनालाई कडा कारवाही गर्नु !
(९) राज्यसत्ताको उत्पिडनमा परेका तमुवन मगरातका आदिवासी जनजाति, दलित, महिलाका मुक्ति बाहुन मुख्यमन्त्रीले पनि गर्न सक्छ भन्ने ज्वलन्त उदाहारण स्थापित गर्नु !
(१०) अफ्रिकामा काला जातीलाई शासन सत्तामा पुऱ्याउने गोरा राष्ट्रपति फेडरिक विलियम डि क्लार्क जस्तै तमुवन मगरातको नेपाली डि क्लार्क हुनु !
अनगिन्ती शुभकामना …
हिन्दु देवका अवतार
पोखरेली कृष्णलाई …
प्रतिक्रिया दिनुहोस