कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धन
609 Views
गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीका रुपमा बिपक्षी दलहरुले आज साँझ नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई प्रस्ताब गरेका छन्।
गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले २४ घण्टाभित्र नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा दाबी गर्न आज दिउसो आव्हान गरेपछि बिपक्षी दलहरुले कांग्रेस संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्तिको लागि दाबी गर्न लागेका हुन्। त्यसका लागि अहिले पांच बजे बिपक्षी दलका नेताहरु आफ्नो दाबी सहित प्रदेश प्रमुखको कार्यालय जाने तयारीमा रहेका छन्।
उनीहरुले प्रदेश प्रमुख्समक्ष दाबी पेश गर्न आफ्नो पक्षमा रहेका ३१ जना सांसदहरुको हस्ताक्षर पनि तयार हालतमा राखेका छन्। उनीहरुले बिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका गरी ३० जना र स्वतन्त्र सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेको हस्ताक्षर गरिसकेका छन्।
६० सदस्यीय गण्डकी प्रदेश सभामा तीन जना मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद कृष्ण थापाले पार्टीको ह्विप नमानेको भन्दै सो पार्टीले उनलाई फेरी कार*बाही गरेको छ। त्यस सम्बन्धि सुचना आज सभामुख नेत्रलाल अधिकारीले गण्डकी प्रदेश सभामा पढेर सुनाएका थिए। राष्ट्रिय जनमोर्चाका सांसद थापालाई पार्टीले का*रबाही गरेको अवस्थामा अब गण्डकी प्रदेश सभामा ३० सांसदले समर्थन गरे पनि नयाँ सांसदले संविधानको धारा १६८ (%) वमोजिम मुख्यमन्त्री नियुक्त हुने देखिएको छ। त्यस्तो अवस्थामा ३१ सांसदको समर्थन सहित मुख्यमन्त्री दाबी गर्न पुगेका कृष्ण चन्द्र नेपाली पोखरेल नयाँ मुख्यमन्त्री बन्ने सुनिस्चित देखिएको छ।
यद्यपी यस अगाडी पनि दलगत दाबी नपुगेको भन्दै विपक्षि गठबन्धनको सरकार बन्न सकेको थिएन । तर यसपटक मनाङ्गेले बिपक्षी गठबन्धनलाई सहयोग गरेसँगै बिपक्षीको सरकार बन्ने सम्भावना बलियो देखिएको छ ।
प्रतिक्रिया दिनुहोस