काठमाडौँ, भक्तपुर र ललितपुरमा लकडाउन फेरि थप गर्ने तयारी
777 Views
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूबीच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
को*रोना सं*क्रमण दर अहिले पनि खासै घट्न नसकेको देखिएकाले निषेधाज्ञा कायमै राख्नुपर्ने सुझाव आएको काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए । उनका अनुसार नि*षेधाज्ञा थप्दै जाने र क्रमशः खुकुलो पनि पार्दै जानेबारे छलफल भइरहेको छ ।
यसअघि थपिएकाे नि*षेधाज्ञा यही जेठ मसान्तमा सकिनेछ । त्यसपछि पुनः कम्तीमा एक हप्ता नि*षेधाज्ञा थप्ने तयारी भइरहेकाे हाे ।
गत वैशाख १६ गतेदेखि सुरू भएकाे नि*षेधाज्ञामा किराना पसल, खाद्यान्न, फलफूल, तरकारी, मासु पसल लगायत अत्यावश्यक सेवाका पसलहरू बिहान ९ बजेसम्म खाेल्न छुट छ । तर सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम, पसल र सवारी साधनहरूलाइ बन्द गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस