शैलुङ दोरम्बा गाउपालिकाका ७ ओटै वडामा स्थानीय समाजसेवी कांग्रेस नेता मन बहादुर लामाले गरे स्वास्थ्य सामग्री हस्तान्त्रण
1411 Views
रामेछाप, जेष्ठ २८, खाेज मिडिया । नेपाली काँग्रेसका नेता एवं स्थानीय समाजसेवी मान बहादुर लामाको नेतृत्वमा शैलुङ दोरम्बाको गाउपालिकाका ७ ओटै वडाका स्वास्थ्य चौकी र दोरम्बा पालिका अस्पतालमा स्वास्थ्य सामग्री वितरण।
विश्वब्यापी रुपमा कोरोना भाईरस तिब्र गतिले फैलिएको विषम परिस्थितिमा बिश्व नै अक्रान्त भएको अवस्थामा नेपाल सरकारले रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको कारण समस्या र अभावमा परेका स्थान रामेछाप जिल्लाको शैलुङ दाेरम्बा गा.पा.का. कार्यलय टाेकरपुर भित्र रहेको सातैओटा वडामा २ ओटा अक्सिजन, २ ओटा बेड माक्स सेनिटाइजर लगायत स्वास्थ्य सामग्री जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाली कांग्रेस शैलुङ दोरम्बा गाउँ कार्यसमितिको नेतृत्वमा नेपाली काँग्रेसका नेता एवं स्थानीय समाजसेवी मान बहादुर लामाको व्यक्तिगत खर्च र केही युवाहरुले जम्मा गरेको पैसा समेत गरेर अन्दाजी ८ लाख बराबरको स्वास्थ्य सामग्री शैलुङ दोरम्बा पालिकाका ७ ओटै वडाका स्वास्थ्य चौकी र दोरम्बाको पालिका अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
शैलुङ दाेरम्बा गाउपालिका वडा नं ७ थापा गाउँको स्वास्थ्य चौकीमा काेभिडको लागि आवश्यक सामग्री बेड ३, अक्सिजन सिलिण्डर २ सहित माक्स सेनिटाइजर वितरण कार्य सम्पन्न भएको समाजसेवी कांग्रेसका नेता मन बहादुर लामाले बताए।
नेपाली काङ्ग्रेस पार्टीका मान बहादुर लामा भन्छन्,”जनता बचाउन कदम चालौ बरु तपाईहरुले मात्र सकिदैन भने हामी हातेमालो गर्न तयार छौँ” भन्दै सराेकारवालाले तत्काल गर्नुपर्ने आवश्यक कार्यहरु यसरी बुँदागत रुपमा प्रस्ट पारेका छन् ।
(स्थानिय सरकारले तत्काल गर्नुपर्ने कामहरु)
१. दक्ष स्वस्थ्य कर्मी को व्यवस्था गर्न नसक्नु ।
२. स्वस्थ्यकर्मीलाई सम्पूर्ण व्यवस्था मिलाएर विषमपरिस्थितिसँग लड्न प्रोत्साहन गर्न नसक्नु ।
३. प्रत्यक वडा वडामा गएर (स्वब कलेक्सन) को व्यवस्था गर्न नसक्नु ।
४. स्थानिय सरकारमा रहेको व्यक्तीहरु लाखौको गाडी चडेर हिड्ने तर एउटा स्वस्थ्य कर्मी सहितको घुम्ती टोली वनाएर गाऊँ गाऊँ टोलटोलमा जन्तको स्वस्थ्य परिक्षणमा खड्न नसक्नु ।
प्रतिक्रिया दिनुहोस