अभिनेत्री तथा माेडेल निशा घिमिरेकाे भविस्यकाे कलाकार बन्ने सपना चकनाचुर
463 Views

काठमाडौं, खाेज मिडिया २७ जेष्ठ । नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमक-धमक रहेको उनको जिन्दगी अहिले बे*स*हारा बनेको छ । निकै नै दय*नीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा नि:सब्द नहुने सायदैं होलान् ।
कुनै समय सिनेमाको रंगीन दुनियाँमा आफ्नो पहिचान बनाउन संघ*र्षरत अभिनेत्री हुन् निशा घिमिरे । तीन दर्जनभन्दा बढी म्युजिक भिडियाे केही टेलिसिरियल तथा छोटा फिल्महरुमा आफ्नो प्रतिभालाई धेरैथोरै उनले प्रस्तुत गरिसकेकी छन् ।
ललितपुर कालेश्वर बतासेकी उनी यसक्षेत्रमा केही गरेरै छोड्ने अठोटका साथ लागि परेकी थिइन् । भविष्यमा एक सफल कलाकार बनेर आमदर्शकमाँझ चिनिने उन्काे सपना यतिखेर चकनाचुर भएकाे छ। अभिनय पढ्ने सिलसिलामा उनी केही समय अगाडि भारतमा गएकी थिइन्। शो क्रममा उनी सवारी दु*र्घट*नामा परेकी हुन् ।
भारतको तेरादुनस्थित निशा सहितको ४ जना विद्यार्थी सावार रहेको कारमा ट्रकले ठक्कर दिंदा दु*र्घट*ना घटेको निशाका बाबु बताउछन। बाबुको अनुसार त्यस समय उनलाई भारतकै कैलाश अस्पतालमा १८ दिनसम्म राखियो। त्यति बेला भारतीय रुपैया १० लाख खर्च भएपछि आर्थिक अभावका कारण उपचार खर्च जुटाउन जटिल बनेका कारण उनलाई नेपाल ल्याई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरिएको हो । उपचारको अ*भावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनी लेख्छन्- (केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो नाजुक अवस्था देख्दा आँसु रोकिएन मेरो !पहिले र अहिलेको यो अवस्था देख्दा मेरो मात्र होइन देख्ने जो कोहीको आँखा रसाउछ होला सायद !😭 एउटा राष्ट्रको गहना निशा उपचारको अ*भावले जीवनमरणको दोसाँधमा छिन । मेरो अनुरोध🙏 हाम्रो सानो सहयोगले निशा पुरानै अवस्थामा फर्किन सक्छिन्।) उनले सहयोग गर्न चाहनेहरुका लागि पनि सम्पूर्ण विवरण दिएका छन् । त्यसैले सहयोगी मनहरुले सनराइज बैंकमा निशाका बुवा प्रेम प्रसाद घिमिरेको नाममा रहेको खाता नम्बर ०८४०६१३६१३२०५००१ मा सहयोग गर्न सक्नु हुनेछ ।
निशाको परिवारको आर्थिक अवस्था ना*जु*क भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अपिल गरिएको छ । सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वास्थ्या लाभकाे भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु ।।
प्रतिक्रिया दिनुहोस