स्रोत नखुलिएको पौने ३० लाख ७६ हजार रूपैयाँ सहित रौतहटमा दुई युवा प*क्राउ
306 Views

ललन कुमार चौरसिया
रौतहट, २६ जेष्ठ, खोज मिडिया । रौतहट जिल्लाको पश्चिमी भेगमा पर्ने परोहा नगरपालिका वडा नं ९ टोल रामपुरबाट प्रहरीले स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ सहित दुई भारतीय नागरिकलाई प*क्राउ गरेको छ।
परोहा नगरपालिका वडा नं ९ रामपुरखापमा भारतको विहार राज्यबाट आउँदै गरेको बिआर ०५ आर ४५२१ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार २ युवकका साथ बाट सो रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छन् ।
प*क्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्लाको घोडासाहन बस्ने बन्टी कुमार कलवार र सोही ठाउँका सुरज कलवार रहेको प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले जानकारी दिनु भएको छ ।
प*क्राउ परेका दुवैले सो रकम राजपुर फरहदवाको एक ईट्टा भट्टामा पुर्याउन आएको प्रहरीलाई बताएका छन् । चालु आर्थिक वर्षमा सिमाक्षेत्रबाट रौतहटको प्रहरीले स्रोत नखुलेको झन्डै १ करोड १७ लाख ८६ हजार रुपैंया बरामद गरिसकेको छन् ।
प्रतिक्रिया दिनुहोस