विज्ञप्ति सहित भदौमा महाधिवेशन हुँदै (काङ्ग्रेस )
319 Views
काठमाडौं,खाेज मिडिया २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमै महाधिवेशन हुने बताएका छन् । आज एक वि*ज्ञप्ती जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन,*यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्ट*ताका साथ भन्न चाहन्छु–२०७८ साल भदौ महिनामा पार्टीको महा*धिवेशन हुन्छ । म यसमा पूर्ण प्र*तिबद्ध छु ।*
सभापति देउवाले पार्टीको महा*धिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको पनि उल्लेख गरेका छन् । उनले महाधिवेशन पार्टीको जीवन्तताको लागि महायज्ञ भएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस