निषेधाज्ञाका समयमा काङ्ग्रेस द्वारा नि:शुल्क खाना वितरण
963 Views
रजनि तामाङ काठमाडौं खाेज मिडिया २६जेष्ठ । काे*भिड-१९महा*मारी नि*षेधाज्ञाका बेला मज*दुरी गर्न नपाएर भोकै रहेकाहरूलाई खाना खुवाउन काठमाडौंको नयाँ बसपार्क र माछापोखरी क्षेत्रमा नि*शुल्क खाना वितरण गरिएको छ।
हरेक दिन बिहान र साँझमा खाना वितरण गरिएको छ। खानाको व्यवस्थापन नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीलगायतले गरेका छन्। उक्त टिममा ऋषि कोइराला, सुमन गिरी र सुवास कट्टेललगायत छन्।
शाहीले आफूहरूको पहल तथा व्यवस्थापनमा विगत एक सातादेखि खाना नि*शुल्क रूपमा खुवाउँदै आएको बताए। निषेधाज्ञाले भोकै रहेकाहरूलाई लक्षित गरेर खाना खुवाइएको उनको भनाइ छ।आजसम्म २ हजार पाँच सयभन्दा बढीलाई खाना खुवाइसकिएको उनले बताए।
को*रोना महा*मारीका बेला भो*कै रहेकाहरूलाई सहयोग गरिएको र यो निषेधाज्ञाभर नै नि*शुल्क खाना खुवाइने उनले बताए।
प्रतिक्रिया दिनुहोस