जेठ अन्तिमबाट निषेधाज्ञा खुल्ला हुदैँ
750 Views

काठमाडौँ,खाेज मिडिया २५ जेठ – विश्वव्यापी महा*मारीका रूपमा फैलिएको कोभिड¬–१९ स*ङ्क्रमणको गति मुलुकमा क्रमश* न्यून हुँदै गएपछि सरकारले नि*शेषाज्ञालाई विस्तारै खु*कुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मु*लुकभर जारी गरिएको नि*षेधको आदेश कार्यान्वयन र सङ्क्र*मणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिनुभयो।
*यसअघि लकडाउन थियो, असारदेखि भने लुज डाउन लागू गर्ने योजना छ। मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ*! दाहालले रासससँग भन्नुभयो!केही सहजीकरण भने पक्कै हुनेछ ।* सङ्क्र*मणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृ*त्युदरसमेत न्यू*न भएकाले निषे*धाज्ञामा केही खु*कुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ ।
आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ । को*रोना नि*यन्त्रण तथा रोक*थामका लागि जारी नि*षेधाज्ञा तथा को*रोना परी*क्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन स*ङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्या*ङ्कल देखाएको छ ।
सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्र*मण पुष्टि भएको र छ हजार ९५१ सङ्क्र*मित निको भएका छन् । सोही अवधिमा को*रोनाबाट ९२ जनाको मृ*त्यु भएको छ ।
त्यसअघि १८ हजारको परी*क्षणमा कम्तिमा पनि आठ हजारमाथि स*ङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृ*त्यु तीन अङ्कको थियो ।
प्रतिक्रिया दिनुहोस