बिश्व बातावरण दिवसको उपलक्ष्यमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आफ्नै परिसरमा बृक्षरोपण गरेर मनाइयो
342 Views

पोखरा, जेठ २५, खोज मिडिया। पोखरा महानगरपालिका वडा नं १७, रातोपैह्रोमा अबस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बिश्व बाताबरण दिवस जून महिनाको ५ तारीख जेठ २२ गतेका दिन बृक्षरोपण गरेर बिश्व बाताबरण दिवस मनाइएको थियो ।
बिश्वब्यपी म*हामारी को*भिड १९ को दोस्रो लहरले सिर्जित विषम परिस्थितिमा सरकारले घोषणा गरेको ल*कडाउनको कारण बृहत कार्यक्रम गर्न नसके तापनि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरु, सल्लाहकार, संग्रहालय नजिकै बसोबास गर्ने कर्मचारीहरु तथा नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सिमित प्रतिनिधिहरुले स्वा*स्थ्य संम्बन्धी मा*पदण्डहरुको पूर्ण रुपमा पालना गरि संक्षिप्त कार्यक्रम गरेका थिए ।
संग्रहालय समितिका ज्येष्ठ सदस्य हरि प्रसाद लामिछानेले चिउरीको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने संग्रहालयकै नर्सरीमा उपलब्ध चिउरी, राजबृक्ष, तेजपात, कपुर, टिमुर, पाउलोनिया जस्ता जडिबुटीको रूपमा प्रयोगमा आउने बिरुवाहरु रोपिएको संग्रहालय समिति सदस्य तथा नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका पूर्व अध्यक्ष जिवनराज सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस