चीन सरकारद्वारा अ*नुदानमा उपलब्ध गराइएको को*रोना वि*रुद्धको खोप आज देखि लगाउन सुरु
636 Views
काठमाडौँ, जेठ २५, खोज मिडिया । चीन सरकारद्वारा अ*नुदानमा उपलब्ध गराइएको को*रोना वि*रुद्धको खोप भेरोसिल आज मंगलबार देखि लगाउन सुरु गरिँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई को*रोनाविरुद्धको खोप लगाइने जानकारी गराउनुभयो । नेपालमा ६० देखि ६४ वर्षका साढे आठ लाख जनसङ्ख्या छ । डा. गौतमले काठमाडौँ उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौँबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । उहाँले हिमाली जिल्लाका तिब्बतसँग सीमा जोडिएका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने बताउनुभयो । हिमाली क्षेत्रमा पटक–पटक खोप पुर्याउन गाह्रो हुने भएकाले १८ वर्ष माथिकालाई खोप लगाइने भएको हो । हिमाली जिल्लामा यसअघि ५२ वर्षमाथि उमेरसमूहका व्यक्तिलाई को*रोना वि*रुद्धको खोप लगाइसकिएको छ ।
उहाँले खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जान आग्रह गर्नुभयो । डा. गौतमका अनुसार यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप लगाइनेछैन । यसअघि त्यसरी खोप लगाउँदा लक्षित समूहलाई नपुगेकाले यो पटक लक्षित समूहलाई मात्र खोप दिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस