गएराति कुवेत सिटीमा भएको खेलमा नेपालले जोर्डनसँग ३-० गोल अन्तरले प*राजित
989 Views
काठमाडौं, जेठ २५, खोज मिडिया । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग प*राजित भएको छ । गएराति कुवेत सिटीमा भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले प*राजित भएको हो ।
जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल अरबले थपे । जोर्डनले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा दुई गोल गर्याे । खेलको २३ औँ मिनेटमा गोल गर्दै जोर्डनले अग्रता लिएको थियो । उसकाे लागि फैसनले पेनाल्टीमार्फत गोल गरेका थिए । रोहित चन्दले जोर्डनका खेलाडीलाई ल*डाएपछि पेनाल्टी दिइएको थियो। खेलको ४८ औँ मिनेटमा फैसनले नै गोल गर्दै अग्रता दोब्बर बनाए । उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो । खेलकाे ६७ औँ मिनेटमा अरबले गाेल गर्दै जाेर्डनकाे अग्रता ३-० बनाए ।
खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । ८६ औं मिनेटमा विष्टले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्र*हारले पोस्टको दिशा लिन सकेन । विशाल राईले लामो दुरीबाट गरेको प्र*हार पनि बाहिरियो । समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेर चौथो स्थानमा छ । जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ। अब नेपालले अन्तिम खेल खेल्न बाँकी छ । नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।
सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ। यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस