मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना कारण यस्ताे;
829 Views
रजनि तामाङ काठमाडौं, खाेज मिडिया २४जेष्ठ। बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन्। हिजो अचानक मुटुमा समस्या आएपछि श्रेष्ठ गंगालाल अस्पताल भर्ना भएका थिए।उनको मुटुको एन्जियोप्लास्टी गरिएको उपचारमा संलग्न डा.धर्मा यादवले बताए। हिजो गंगालाल भर्ना भई एन्जियोप्लास्टी गरेपछि सघन उपचार कक्ष (आइसियू) मा राखिएका श्रेष्ठलाई आज डिलक्स रुममा सारिएको समेत डा. यादवले बताएकाे छ। हाल उनको अवस्था ख*तरा मुक्त रहेको पनि उपचारमा संलग्न चिकित्सकले बताएका छन्। केही अघि मात्र उनी काे*राे*ना सं*क्रमणबाट मुक्त भएर घरमा आराम गरिरहेका थिए। को हुन् त मदन श्रेष्ठ जसलाई नेपालीले अत्यतै मन पराउछन्? कलाकार मदन श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौँमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। त्यसो त अर्की आमाका तर्फबाट भाइ र दुई बहिनी छन्। उनका भाइ नीरव श्रेष्ठ अमेरिकामा छन्। बहिनीहरू साधना र सविनाचाहिं नेपाल मै छन्। उनका पिताका चारवटा पत्नी थिए। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मीकाे नि*धन भए। आमाकाे नि*धन पछि बुबाले अर्को विवाह गरेका थिए। उनी पनि बि*तेपछि फेरी अर्को विवाह गरे। दुई पत्नीबाट सन्तान् भएनन्। कान्छी आमाले मदनकृष्णलाई छोराकै व्यवहार गर्छिन् र मदनकृष्ण भन्नुुहुन्छ ,आमाकाे जतिनै माया मैले कान्छीआमाबाट पाएको छु। मदनकृष्णको बाल्यकाल काठमाडौँ जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्थे। त्यहाँ उनका थुप्रै साथीहरू छन्। रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उनको सम्झना छ। उनको स्कुले जीवन अलि डामाडोल नै रह्यो। १ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढेका थिए । २, ३, ४ जितपुरफेदीमा पढेका थिए। ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जुद्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास गराए शान्ति निकुञ्जबाट। बसाइ सरेकाले त्यस्तो भएको उनको अनुभव छ। उहाँ भन्नुहुन्छ – म पढ्नमा कमजोर थिइनँ तर, बलियो हुन पनि पाइनँ। एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइ-कम गरे, बी-कमको प्राइभेट जाँच दिए। अभिनयमा लागेकाले पढाइ अ*धुरै रह्यो। लामो समय देखि क्या*न्सरबाट पी*डित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्या*न्सर अस्प*तालमा नि*धन भएको हाे। यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्या*न्सरबाट पीडित हुनुहुन्थ्यो । मंगलवार २० गते वहाँको पशुपति आर्य*घाटमा अन्त्येष्टि गरिएको ।
प्रतिक्रिया दिनुहोस