माछापुच्छ्रे गाउँपालिका मा रहेका सामुदायिक विद्यालयकाे प्रगति आशा लाग्दाे;
964 Views
पाेखरा, खाेज मिडिया जेष्ठ २२।कास्कीको माछापुच्छ्रे गाउँपालिका वार्ड नं:- २ मा एउटा सामुदायिक विद्यालय छ, माछापुच्छ्रे मावि । विद्यालयमा ६६४ विद्यार्थी रहेका छन्, भने ४० जना शिक्षक छन् ।
भौतिक सुविधामा विद्यालय अब्बल छ । भवन लोभलाग्दो देखिन्छ । ३८ वटा कक्षाकोठा सहित विज्ञान प्रयोगशाला पनि राखिएकाे छ। २ वटा कोठामा कम्प्युटर ल्याब राखिएको रहेछ। २ वटा कोठामा पुस्तकालय छन् त्यसैगरि ५ वटा कोठा भने होस्टेलका लागि छुट्याइएक छन् ।
शैक्षिक स्तरमा पनि विद्यालयको प्रगति आशालाग्दो देखिन्छन् । विगत ५ वर्षमा एसईईमा कसैले पनि २ भन्दा कम जीपीए ल्याएका छैनन् र ३.६५ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा बढेक छन् ।
विद्यालयको सफलतामा प्रधानाध्यापक सन्तोष आचार्य भन्छन्! *त्यस्तो नयाँ त केही गर्न सकिएको छैन । सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारपूर्वक गर्ने गर्नुभएकै छ । नियमित बैठक, योजना निर्माण, छलफल, अभिभावकसँगको अन्तक्रिया, सरोकारवालाहरुसँग निरन्तर सम्पर्क गर्ने गरिएको छ ।*
प्रतिक्रिया दिनुहोस