काे*राेना प्र*भावित माछापुच्छ्रे गाउँपालिका वार्ड नं: ९ मा स्वास्थ्य समाग्री तथा निम्न स्तरका परिवारलाई खाद्यान्न वितरण
970 Views
रजनि तामाङ-पाेखरा, खाेज मिडिया जेष्ठ २१। दाेस्राे लहरकाे काे*राेना प्र*भावित माछापुच्छ्रे गाउँपालिका वार्ड नं:९ ईमु र ताखाेर गाउँका २९ जना स*ङ्क्रमित बिरामीलाई १/१ वटा हर्लिक्स वितरण गरिएको छ। स*ङ्क्रमित बिरामीलाई केही पाैस्टिक आहाराकाे पनि आवश्यक पर्ने हुनाले बिरामीकोलागि हर्लिक्स वितरण गरिएको हाे।
उक्त काे*राेना प्र*भावित ईमु गाउँका बासिन्दालाई भने प्रत्येक घर धुरि लाई स्वास्थ्य सामाग्री १/१ वटा सेनिटाईजर र १/१ प्याकेट मास्क वितरण गरियो भने ३ घरका निम्न स्तरका परिवारलाई खाद्यन्न बस्तु चामल १ बाेरा, तेल १ लिटर, नुन १ केजि, दाल २ केजि गरि तीन घर परिवारलाई वितरण गरियाे । उक्त वितरण कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका वडा सदस्य कृष्ण बहादुर गुरुङ, स्वास्थ्यकर्मी हरि शर्मा, समाजसेवि युवा सुक बहादुर तामाङ्काे उपस्थिति थियाे । अहिले भने सङ्क्रमित बिरामीको अवस्था पहिले भन्दा केही सुधार आएकाे छ । उक्त बिरामीलाई भने पाैष्टक आहारा काे आवश्यक परेकाे हुँदा मैले बिरामीको लागि हर्लिक्स उपलब्ध गराउन भनेकाे हाे, तामाङ काे भनाई रहेकाे छ।
दुई गाउँका लागि उक्त सामाग्री वितरणका लागि खाेज मिडियाको पहलमा यु.के मा रहनु हुने रक्ष याेन्जन (तामाङ), पाेखरा नगर नेपाल तामाङ घेदुङ्, महिला तामाङ घेदुङ् कास्की र अमृत गुरुङ् लागायत द्वारा रु ३५००० (पैतिस हाजार) रकम सहयाेग गर्नुभएकाे छ । उक्त सहयाेग रकमबाट खाेज मिडिया टिमले ईमु र ताखाेर गाउँका लागि साे सामाग्री वितरण गरियाे । उक्त समाग्री वितरण कार्य साे गाउँका वडा सदस्य कृष्ण बहादुर गुरुङ र स्वास्थ्यकर्मी हरि शर्माको हातबाट सम्पन्न गरियाे ।
प्रतिक्रिया दिनुहोस