नेपाल बनाउन भनी अमेरिका छाडेका थापा काे सपना अधुराे भई अस्ताए;
414 Views
काठमाडौं- खाेज मिडिया जेठ १८। उज्ज्वल थापा १९ वर्षकै उमेरमा खगो*लविद् बन्ने सपना बोकेर अमेरिका छिरेका थिए । बुढानिलकण्ठ स्कुलका उत्पादन थापालाइ छात्रवृत्ति मिलेको थियो । कलिलो उमेरमा अमेरिका प्रवेश गरेका उनी मल्टि*मिडिया डिजाइनर बने । उनी भि*क्षु बन्ने सोचमा समेत पुगेका थिए । तर पछि उद्द*मी बने ।अमेरिकामा आइटीमा राम्रो अवसर पाएका थिए । बेनिङटन कलेजमा प्राज्ञिक तालिम लिएका उनी नेपालमा आईटि कम्पनी खोल्न र नेपाल बनाउन फर्किएका थिए । उनीसँग मिसन र भिजन दुवै थियो । उद्दम गर्ने! आर्थिक रुपमा स्वावलम्बी हुनेहरु राजनी*तिमा हाबी हुनुपर्छ भन्ने मान्यता राख्थे । त्यही मिसनमा उनले इन्टर*प्रेनर्स फ*र नेपाल भन्ने अभियान नै चलाए । उद्द*मीहरु देशभर उत्पादन गर्ने लक्ष्यका साथ काम गरे । डिजिल म्याक्स सोलु*सन सुरु गरे । उज्ज्वल थापाले धेरै कम्पनीहरु खडा गर्न सहयोगी भूमिका निभाए । कतिपय युवा उद्द*मीका लागि उनी पथ*प्रदर्शक नै बने । ३० भन्दा बढी कम्पनी उनकै प्रोत्सा*हनमा खुलेका थिए । थापा स्वयंले वल्डप्रेस नेपाल शुरु गरे जसमा ५ हजारभन्दा बढी आइटी समुदाय रहे । उनले उ*द्दमी बन्दा र बनाउँदा बनाउँदै विवेकशील नेपालको स्थापना गरेका थिए । जसको उद्देश्य शान्ति*पूर्ण र समृ*द्ध नेपाल निर्माणका लागि जवाफदे*ही र नैति*कवान नेता उत्पादन गर्ने थियो । उज्ज्वल थापा स्वयं काठमाडौंबाट दोस्रो संविधानसभाको निर्वाचनमा स्व*तन्त्र उम्मेदवार बने । उनी नागरिक आन्दो*लन र अभिया*नहरुमा निरन्तर लागिरहे । सामाजिक उत्तरदायित्वप्रति सचेत बने । देशमा दक्ष जनशक्ति उत्पादन देखि उद्द*मी निर्माणको अभियानमा महत्वपूर्ण भूमिका निभाउँदै आएका उज्ज्वल थापा आजबाट सँसारबाट बिदा भए । को*रोना भाइ*रसको संक्र*मित भएका थापा हिजोमात्र संक्र*मणमुक्त भएका थिए । रिपो*र्ट नेगे*टिभ आएपनि उनलाई ब*चाउने हर*सम्भव प्रयास सफल भएन । उज्ज्वल थापा धेरै युवाका आशा र भरोसाका नेता थिए । त्यसैले उनको उपचारका लागि केही दिनमै ५० लाख जम्मा भयो । लाखौंको शुभेच्छा र स्वास्थ्यलाभको कामनासँगै पर्याप्त रकम जम्मा भएपनि उनलाई बचाउने कोशिश असफल भए ।
प्रतिक्रिया दिनुहोस