मर्स्याङदि गाउँ पालिका ८ का दाजुभाइ, दिदीबहिनीहरु द्वारा राहत वितरण ;
1140 Views
लमजुङ, खाेज मिडिया जेष्ठ १८। लम्जुङ्गको भु”कम्प प्रभा”वित क्षेत्रको खोज मिडियाले केही समय अगाडी रि”पोर्टिङ्ग गरेका थिए । उक्त रि”पोर्टिङ पछि बिदेशमा रहनु हुने दाजुभाइ, दिदीबहिनीहरु मिलेर रकम सकंलन गरि पठाउनु भएकाे थियोे साेहि रकमबाट लमजुङका विभिन्न गाउँका बासिन्दाहरुलाई राहात बितरण कार्यक्रम सम्पन्न भएकाे छ।
जेठ ५ गते गएको भु”कम्प प्रभा”वित ठाउँ लम्जुङको मर्स्याङ्ग्दि गाउपालिका ८ नन्देस्वोरा, ज्यामिरे र रिङटाङ गाउको लागि अस्ट्रेलियामा बस्नुहुने भुलभुले गाउँका राम गुरुङ, वर्ता गुरुङ र देवी गुरुङले पठाएको रकमबाट तिन वटै गाउका भुकम्प पिडितहरुलाई रासान मध्य चमाल, दाल, नुन, तेल चाउचाउ राहातको लागि पैसा पठाउनुहुने राम गुरुङको दाइ बिकाश गुरुङको रोहोबरमा गाउँले समाजसेवी, आमा समूह, वाडा सदस्य र बिभिन्न पार्टिमा आवद्ध सदस्य दाजुभाइको उपस्थितिमा राहात वितरण सम्पन्न गरियाे ।
राहात वितरण कार्यक्रममा भुलभुले गाउँका मर्याङ्दी जलविद्युत सरकार समितिका अध्यक्ष जित बहादुर गुरुङ , नन्देस्वर गाउँका आमासमुहका अध्यक्ष समाजसेवि कङग्रेस पार्टीका वाडा महिला सदस्य मनकासी गुरुङ्, रिङ्टाङ् गाउँका एमाले पार्टीका महिला वाडा सदस्य कृष्ण कुमारी गुरुङ , भुस्मे गाउँका वाडा पार्टीका सदस्य हाेम बहादुर गुरुङ, लगायतका व्यक्तिहरुकाे उपस्थितिमा उक्त राहत कार्यक्रम सम्पन्न गरिएको थियाे।
राहत लिने बासिन्दाहरु रिङ्टाङ् गाउँका २६ घरदुरि रहेका थिए भने ज्यामिरे गाउँका ९ दुरि गरि जम्मा ३५ घर दुरिलाई उक्त राहात वितरण गरेका थिए। साे दुबै गाउँका बासिन्दाहरु आफुहरुलाई यसरी राहत सहयाेग लिन पाउँदा अति खुसि भएकाे महशुस व्यक्त गरेका थिए । आफुहरुलाई सहयाेग रकम पठाउने दाजुभाइ ,दिदीबहिनीहरुलाई खुसि प्रकट गर्दै सबै गाउँ बासिन्दाहरुले धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस