एडम्टनवासी नेपालीद्वारा आविस्कार केन्द्रलाई सहयोग ।
373 Views

क्यानाडा- क्यानाडाको एडम्टनवासी नेपालीहरुले अनु*सन्धाता महावीर पुनको आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।
अभियन्ता बिकास आचार्यका अनुसार क्यानाडाको एडम्टनवासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
को*रोनाको दोस्रो भेरि*यन्ट नेपालमा फैलिएसँगै स्वास्थ संक*टमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवन र*क्षाको लागि क्यानाडाबाट नेपालीहरु मिलेर सानो सहयोग उपलब्ध गराएको अभियन्ता सरोजबाबू मल्लले बताएका छन् ।
एडम्टनमा कार्यरत नेपालीहरुले फेसबुक म्यासेन्जरमा रास्तिय आविष्कार सहयोग ग्रुप बनाएर स्वतस्फूर्त सहयोग संकलन गरेर छोटो अवधिमा आर्थिक सहयोग गर्न सकेकोमा अभियानमा योगदान गर्ने सबैलाई अनुसन्धाता महावीर पुनले आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस