कोरोना स*ङ्क्रमणबाट २४ घण्टा भित्रमा ११६ जनाको मृ*त्यु
303 Views
रोमन लामा
रामेछाप १५ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै कोरोना भाइरस स*ङ्क्रमणबाट एकै दिन ११६ जनाको मृ*त्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४७५२ जनाको स्वाव परिक्षण गरिएको छ। जसमा ४४८७ जनामा कोरोना सक्रिय स*ङ्क्रमण पुष्टी भएको छ। कोरोना सक्रिय स*ङ्क्रमितहरु मध्येमा ५१६ जना बालबालिका रहेका छन्। ६०८० जनाले आज कोरोनालाई जित्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस