गण्डकी प्रदेशमा हालसम्मकै मृ*त्यु उच्च ३० जनाले एकै दिन शुक्रबार ज्या*न गु*माए
324 Views

पोखरा, जेठ १५, खोज मिडिया । गण्डकी प्रदेशमा हालसम्मकै उच्च ३० जनाले एकै दिन शुक्रबार को*रोना सक्र*मणका कारण ज्या*न गु*माएका छन् भने आठसय आठ जना नयाँ को*रोना संक्र*मित थपिएका छन्
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, को*रोना संक्र*मणबाट ज्या*न गु*माउनेमा कास्कीमा १२ जना, तनहुँ ६, स्याङ्जा ३,पर्वत २, नवलपुर १, गोरखा ३, बाग्लुङ १ र मुस्ताङमा २ जना रहेका छन् । यो अहिलेसम्म कै धेरै संख्या हो । यो संगै गण्डकी प्रदेशमा हालसम्म मृ*त्यु हुनेको संख्या छसय २४ जना पुगेको छ।
त्यसैगरी गण्डकी प्रदेशमा आज नयाँ आठ्सय आठ ८ जनामा को*रोना संक्र*मण पुष्टि भएको छ । जसमध्ये कास्कीमा मात्रै दुईसय नौ जना संक्र*मित थपिएका छन् । त्यसैगरी गण्डकी प्रदेशमा शुक्रबार छसय ६० जना संक्र*मित निको भएर घर फर्किएका छन्
प्रतिक्रिया दिनुहोस