बृद्दा भत्ता बढाउने तथा ४० कटेका एक्कल महिलालाई भत्ताको व्यवस्था ;
975 Views
काठमाडौँ, खाेज मिडिया जेष्ठ १५। प्रतिनिधिसभा विघ”टनपछिको संक*टपूर्ण अवस्थामा सरकारले शनिबार अध्यादेशबाटै पूर्ण आकारको बजेट सार्वजनिक गर्ने भएको छ । प्रतिनिधिसभा नभएका बेला अध्यादेशबाट बजेट ल्याउन नहुने मतदाता प्रभा*वित पार्ने कार्यक्रम राख्न नहुने पूर्ण आकारको बजेट ल्याउन नहुनेलगायत सार्वजनिक खबर*दारीलाई बेवा*स्ता गर्दै सरकारले बजेट ल्याउने भएको हो ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य पूर्वाधार, खोप खरिद कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा र वैशाखमा हुने स्थानीय तहको निर्वाचन रा*हत तथा आर्थिक पुनरुत्थान प्याकेज वृद्धभत्ता वृद्धिका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ । विद्यमान अवस्थामा उपलब्ध स्रोतले भ्याउन सक्ने गरी नै बजेट आउँछ अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठले भने । त्यो भनेको कति हो भन्ने प्रश्नमा उनले शुक्रबार राति भने; “बजेटको भाषण र स्रोतहरूको हिसाब गर्ने क्रम जारी छ । अझै फाइनल भइसकेको छैन ।”
अर्थको गृहकार्यअनुसार १६ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी छ । यो बजेट खर्चका लागि करिब साढे १० खर्ब राजस्वबाट स्रोत जुट्ने अनुमान छ । सवा दुई खर्ब आन्तरिक ऋण उठाएर स्रोत जुटाइनेछ, अर्थ स्रोतले भन्यो- “बाँकी रकम वैदेशिक सहायता तथा ऋ*णबाट प्राप्त हुने विश्वासमा बजेट निर्माण भइरहेको छ ।”
प्रतिक्रिया दिनुहोस