गणतन्त्रलाई समा*प्त गर्छ कि भन्ने आ*शङ्क मधाव नेपाल
426 Views
काठमाडौं, खाेज मिडिया जेठ १५ । नेकपा एमाले बाट निश्का*षित नेता माधव कुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति सुशासन विकास समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रुपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य भएको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश प्रवाह गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले जनताद्वारा निर्वाचित जनप्रति-निधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य-मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरुको दायित्व भएको पनि उल्लेख गरेका छन् ।पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जननिर्वाचित संस्था प्रतिनिधि सभालाई हठात् रुपमा ग”लत मनशायका साथ पटक – पटक विघ”टन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन ?,भन्ने आ”शंका उत्पन्न भएको भनेर प्रश्नसमेत गरेका छन् ।
नेपालले भनेका छन्, प्रतिनिधि सभा विघ*टन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरी पनि प्रतिनिधि सभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो । संवैधानिक मूल्य र मान्यता विपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लीई आफू मातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न सकिदैन।
प्रतिक्रिया दिनुहोस