गुल्मेली समाज पोखरा द्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न।
967 Views
पोखरा, जेठ १४ गते, खोज मिडिया ।आज गुल्मेली समाज पोखरा र रेसुङा सहकारीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ।
अहिले रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ। रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी भए पछि गुल्मेली समाज लाई रक्तदान कार्यक्रम राख्न अनुरोध आएको र छोटो समयमै उक्त कार्यक्रम राखिएको समाजका अध्यक्ष तथा रेसुङ्गा सहकारी संस्थाका निवर्तमान अध्यक्ष भानु भण्डारीले बताएका छन्।
यस्तो विषम परिस्थिति तथा छोटो समयको बावजूद पनि ३४ युनिट रगत संकलन गर्न सफल भएकोमा अध्यक्ष भण्डारीले रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता ज्यूहरु, गुल्मेलि समाज र रेसुङ्गा सहकारी लि.का सम्पूर्ण पदाधिकारीज्यूहरु पूर्ब अध्यक्षज्यूहरु, प्राबिधिक सहयोग गर्नुहुने रक्तसन्चार केन्द्र पोखराका अर्जुन ज्ञवाली तथा प्राविधिकज्यूहरु, ब्यबस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु लाई धन्यवाद ज्ञापन गरेका छन्।
प्रतिक्रिया दिनुहोस