भेन्टि*लेटरमा राखेका कारण बिरामीको मृ*त्यु भएको भन्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण
643 Views
बाँके, जेठ १४ गते खोज मिडिया । नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक स*ङ्क्रमितको उपचारका क्रममा मृ*त्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आ*क्रमण गरेका छन् ।
जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका को*रोना स*ङ्क्रमित बिरामी अवस्था ग*म्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृ*त्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृ*त्यु भएको भन्दै आफन्तले आ*क्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृ*तकका आफन्तले भेन्टि*लेटरमा राखेका कारण बिरामीको मृ*त्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हात*पात गरेका हुन् । मृ*तकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो । बिरामीको अवस्था ग*म्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उहाँको भनाइ छ । बिरामीको मृ*त्युपछि आ*क्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आ*क्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तो*डफोड गरेका छन् ।
ड्युटीमा खटिएका बेला आफूमाथि हात*पात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागा*भाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिनुभयो । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते हुनुभएको छ ।
घट*नालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो ।
अस्पतालमा कार्यरत नर्सहरूले सुर*क्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कार*वाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आ*क्रमण गर्ने तीन जना मृ*तकका आफन्तलाई गए राति नै प्रहरीले नि*यन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस