कोरोना स*ङ्क्रमणबाट रामेछापका शिक्षक के.सी.को निधन
507 Views
रोमन लामा
रामेछाप १४ जेष्ठ खोज मिडिया। दोस्रो भेरियन्टको कोरोना भाइरस स*ङ्क्रमणको सुरुवातसँगै कोरोना भाइरस स*ङ्क्रमणबाट देशका विभिन्न जिल्ला र विभिन्न पेशामा आवद्द नागारिकहरुको मृ*त्यु हुने क्रम बढ्ने क्रम बढी रहेको छ। सोहि क्रममा हिजो विहिवार रामेछाप जिल्लामा एक जना शिक्षकको कोरोना भा*इरसबाट मृ*त्यु भएको छ।
कोरोना सक्रिय स*ङ्क्रमित शिक्षक वीर अस्पतालको आइसीयू वेडमा राखी उपचाररत सुनापती गाउँपालिका–४ (साविकको बेथान गा.वि.स.) को जुगेपानी स्थायी घर भइ ३७ वर्षीय शिक्षक प्रकाश के.सी. को नि*धन भएको छ। शिक्षक के.सी.को स्वास्थ्यमा समस्या देखिएपछि केहि साता अघि वीर अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा स्वास्थ्यमा सुधार भएपछि शिक्षक के.सी. लाई नर्मल वार्डमा सारिएको थियो । यसै बिचमा एक हप्ता अघि फेरी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइसीयू वेडमा भर्ना गरेर उपचार गरिरहेकै क्रममा शिक्षक के.सी. को निधन भएको वीर अस्पतालले बताएको छ । शिक्षक के.सी. दोरम्बा गाउँपालिकाको श्री अन्तरास्ट्रिय युवा माध्यमिक विद्यालय पुडीघ्याङ्गमा कार्यरत रहेको थिए।
प्रतिक्रिया दिनुहोस