एमाले सुदूरपश्चिममा वि/वाद, अब यस्ताे याेजना;
518 Views
काठमाडौं,खाेज मिडिया जेष्ठ १३। नेकपा एमालेको वि*वादको असर सुदूरपश्चिम प्रदेशमा रोचक बनेको छ । एमाले स्था*यी कमिटीको बैठकले सरकारबाट फिर्ता हुन दिएको निर्देशन संसदीय दलले अस्वी*कार गरेपछि आज प्रदेश कमिटीले मन्त्रीहरुलाई पत्र लेखेर फिर्ता हुन निर्देशन दिएको छ ।
मन्त्रीहरु प्रकाशबहादुर शाह, माया भट्ट र कृष्णराज सुवेदीलाई प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले छुट्टा-छुट्टै पत्र लेखेर फिर्ता हुन निर्देशन दिएका हुन् । उनीहरुले हिजो बैठक बसी फिर्ता हुन मानेका थिएनन् । बरु सरकारमै रहने निर्णय बहुमतबाट गराएका थिए ।
ओली पक्षका नेता कर्ण थापाले फिर्ताको निर्देशन सहित पत्र लेखेपनि बहु*मत सांसदहरु माधव नेपाल पक्षमा रहेका छन् । २५ जना प्रदेश सभा सांसद एमालेको रहेकोमा ६ जना मात्र ओली पक्षका छन् । सभामुख पनि एमालेकै छन् । बाँकी १८ जना सांसदहरु माधव नेपाल समूहमा रहेका भीम रावल निकट मानिन्छन् ।
प्रतिक्रिया दिनुहोस