आगामी ३ दिन भारी वर्षा र हिमपातको सम्भावना, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति नै जारी
525 Views
काठमाडौँ,जेठ १३, खोज मिडिया । आगामी ३ दिन भारी वर्षा र हिमपातको सम्भावना पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तु*रुन्त फिर्ता बोलाउन अनुरोध यस्तो छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै बस्तीनजिक बाढी, पहिरो र डुबान जोखिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । त्यस्तै पर्वतारोहणका लागि हिमालतिर गएको टोलीलाई तुरुन्त फिर्ता बोलाउन पनि प्राधिकरणले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान।
२०७८ जेठ १३ गते (बिहीबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन च*ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली उच्च पहाडी भूभागमा हल्का दखि मध्यम हिमपात वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, वाग्मती तथा गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ*गर्जन च*ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली उच्च पहाडी भूभागका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम हिम*पात वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ १४ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघ*गर्जन च*ट्याङ हा*वाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।देशका हिमाली उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात वर्षा को सम्भावना रहेको छ।
राति: देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका अधिकांश स्थानहरूमा मेघ*गर्जन च*ट्याङ हा*वाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिम*पात वर्षाको सम्भावना रहेको छ।
२०७८ जेठ १५ गते (शनिबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। देशका केहि स्थानहरूमा मेघ*गर्जन च*ट्याङ हा*वाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात वर्षाको सम्भावना रहेको छ।
राति: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भेगका केही स्थानहरूमा मेघ*गर्जन च*ट्याङ हा*वाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका हिमाली उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिम*पात वर्षा को सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस