को*रोना सं*क्रमण भएर होम आई*सोलेसनमा बसेकाहरुलाई काे*राेना जित्ने १६ टिप्स थाहा पाउनै पर्ने
793 Views
काठमाडौँ, जेठ १२ गते खोज मिडिया। डा.रवीन्द्र पाण्डेका, को*रोना सं*क्रमण भएर होम आईसो*लेसनमा बस्नुभएका हरुलाई काे*राेना जित्ने १६ टिप्स ।
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पारासिटामोल खानुहोला । शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ ।
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला । यसलाई प्रोन पोजिसन भनिन्छ । पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला । यसले
फोक्सोको क्षमता बढाउछ । यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला । आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ ।
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ । तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच
गराउनुहोला । छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ । कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला । अक्सिजनले रोग निको गर्दैन । चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ । अक्सिजन उपचार हैन । धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ ।
६. एक रातमै अवस्था क्रि*टिकल हुनसक्छ । तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला । अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ ।
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य सं*क्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला । प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन । यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।
८. मरिच, बेसार, अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला ।
९. घरमा एकजना सं*क्रमित भएमा सबैको परीक्षण गराउनुहोला । यसपटकको प्रजाति निकै सं*क्रामक छ ।
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।
११. पानीको बाफ लिंदा आराम हुन्छ ।
१२. र*क्सी, चु*रोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स से*वन नगर्नुहोला ।
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला । नआत्तिनुहोला ।
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला । काेराे*ना भा*ईरस ( काे*भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।
प्रतिक्रिया दिनुहोस