बिधायक रामकिसोर यादवले गृह जिल्ला रौतहटमा गरे विवाह मण्डप भवनको शिलान्यास
830 Views
मेवालाल यादव
रौतहट,जेठ १२ गते, खोज मिडिया । प्रदेश २ का प्रदेश सांसद तथा रौतहट क्षेत्र न २ ख को बिधायक रामकिसोर यादवले गृह जिल्ला रौतहटमा आज एक विवाह मण्डपको शिलान्यास गरेका छन । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र न २ ख को बिधायक रामकिसोर यादवले रौतहटको परोहा नगरपालिका -४लौकाहामा रामकिसोरा यादवले आफनो निजि कोषबाट विवाह मण्डप भवनको कम्पाउण्डको शिलान्यास गरेका हुन ।
लाखौको लागतमा निर्माण हुन लागेको उक्त विवाह मण्डप भवन कम्पाउण्डको बिधायक रामकिसोर यादवले आज एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन । बिधायक यादवले निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्धता अनुसार उक्त विवाह मण्डप भवन कम्पाउण्डको शिलान्यास गरी निर्माण कार्य अगाडि बढाएका हुन ।शिलान्यास कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र न २ ख को बिधायक रामकिसोर यादव,युवा नेता अनावर हासिम,युवा नेता मो.सकिल अक्तर,युवा नेता ओम पटेल,युवा समाजसेवी अनिल कुमार यादव,रामाकान्त यादव,बिसुन्देयाल यादव,लखिन्द्र कुशवाहा लगाएतका विभिन्न नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो
प्रतिक्रिया दिनुहोस